IME Life New

रसुवाको बाढीमा झण्डै ३० करोड रूपैयाँको क्षतिपूर्ती दाबी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले रसुवामा असार अन्तिम साता आएको भीषण बाढी पहिरोका कारण भएको क्षतिको दाबीको अध्यावधिक विवरण सार्वजनिक गरेको छ।

प्राधिकरणका अनुसार, साउन १ गतेसम्म निर्जीवन बीमकहरूबाट प्राप्त क्षतिपूर्ती दाबी विवरण अनुसार, कुल २८ करोड ९२ लाख ६० हजार रूपैयाँ बराबरको दाबी निवेदन प्राप्त भएको छ।

Esewa
Crest

शिखर इन्स्योरेन्सले सर्वाधिक १६ करोड  १२ लाख १० हजार रूपैयाँ बराबरको क्षतिपूर्ती दाबीको निवेदन प्राप्त गरेको छ। यसैगरी नेको इन्स्योरेन्सले ५ करोड १२ लाख, सगरमाथा लुम्बिनीले ३ करोड ४१ लाख ५० हजार,नेपाल इन्स्योरेन्सले १ करोड २८ लाख ५० हजार बराबरको दाबी निवेदन प्राप्त गरेको छ।

सामुद्रिक बीमा अन्तर्गतको दाबी संख्या थोरै भएपनि सर्वाधिक रकमको दाबी परेको छ। कुल ६ वटा दाबी निवेदनबाट बीमितले १५ करोड ७० लाख १० हजार रूपैयाँ बराबरको क्षतिपूर्ती दाबी गरेका छन् ।

इन्जिनियर तथा ठेकेदार जोखिम अन्तर्गत ४ वटा निवेदनमार्फत ५ करोड ५५ लाख रूपैयाँ क्षतिपूर्ती दाबी माग गरिएको छ। सम्पत्ती बीमा अन्तर्गत १० वटा निवेदनमार्फत् ४ करोड १८ लाख ५० हजार रूपैयाँ क्षतिपूर्ती माग दाबी परेको छ।

Flood Claims Rasuwa 2082

यसबाहेक मोटरबीमा (निजी) तर्फ ११ वटा  निवेदनमार्फत १ करोड १७ लाख ५० हजार रूपैयाँ क्षतिपूर्ती दाबी दर्ज हुँदा मोटरबीमा(सार्वजनिक) तर्फ ३२ वटा निवेदनमार्फत २ करोड ३१ लाख ५० हजार रूपैयाँ बराबरको क्षतिपूर्ती दाबीको निवेदन परेको छ।

गत असार २३ गते चीनको तिब्बत प्रान्तमा उद्गम रहेको रसुवाको भोटेकोशी नदी र सुनकोशी नदीमा भीषण बाढी आउँदा ९ जनाको ज्यान जानुको साथै ठूलो क्षति भएको थियो। नेपाल र चीन जोड्ने मितेरी पुल समेत बाढीले बगाइ दिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS