IME Life New

ग्लोबल आइएमई समुन्नत योजना-२ को इकाई बाँडफाँड

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ग्लोबल आइएमई बैंकको कोष प्रवर्द्धक तथा ग्लोबल आइएमई क्यापिटल योजना व्यवस्थापक रहेको ग्लोबल आइएमई समुन्नत योजना २ को इकाई बाँडफाँड भएको छ । उक्त योजनाको प्रति इकाई अंकित मूल्य रु १० रुपैयाँ दरको १०,२०,००,००० इकाई सर्वसाधारणका लागि असार २२ गतेदेखि असार २७ गतेसम्म निष्काशन गरेको थियो ।

असार २७ गते सम्ममा मागभन्दा बढी इकाईको लागि आवेदन प्राप्त भएको र यसरी माग भन्दा अधिक इकाईको लागि आवेदन प्राप्त भएको अवस्थामा सामूहिक लगानी कोष निर्देशिका, अनुसार माग भन्दा अधिक संख्यामा इकाई माग भएमा निष्काशन गरिएको इकाई संख्याको २५ प्रतिशतसम्म थप गरी इकाई बाँडफाँट गरिनेछ भन्ने व्यवस्था भएको हुनाले निष्काशित इकाई १२,००,००,००० को २५ प्रतिशत अर्थात ३,००,००,००० इकाई थप गरी १५,००,००,००० इकाई बाँडफाँट गरिएको छ ।

Esewa
Crest

बाँडफाँट गरिएको कूल १५,००,००,००० इकाई मध्ये १५ प्रतिशत इकाई बीज पूँजीको रुपमा बाँडफाँट गर्नुपर्ने व्यवस्था भएकोले सो मध्ये कोष प्रवर्द्धक कम्पनी ग्लोबल आइएमई बैंकलाई १३.५० प्रतिशत अर्थात २,०२,५०,००० इकाई तथा योजना व्यवस्थापक कम्पनी ग्लोबल आइएमई क्यापिटललाई १.५० प्रतिशत अर्थात २२,५०,००० गरी जम्मा २,२५,००,००० इकाई असार ३० गते बांडफाँट गरिसकिएको छ ।

बीज पूँजी बापत छुट्याइएको इकाई बाँडफाँट गरे पश्चात् बाकि रहेको १२,७५,००,००० इकाई बाँडफाँट गर्ने प्रयोजनका लागि सिडिएस एण्ड क्लियरिङ्गको सि आस्वा प्रणाली मार्फत ३५,८०२ वटा आवेदनहरुबाट १३,०९,३३,५१० इकाईका लागि आवेदन प्राप्त भएकोमा ती आवेदनहरुको आवश्यक रुजू तथा भेरिफिकेशन पश्चात् एवं सि आस्वा प्रणालीको ूअनुसार २६ जना आवेदकहरुले ५२ वटा आवेदनहरु मार्फत ७५०० इकाईको लागि दिएको दोहोरो आवेदन रद्द गरी ३५,७५० जना आवेदकहरुबाट रीतपूर्वक प्राप्त भएको १३,०९,२६,०१० इकाई बाँडफाँट गरिएको छ ।

जस अनुसार ३५, ७५० जना आवेदकहरु मध्ये ३५,७४८ जना आवेदकहरुलाई निजहरुले माग गरे बमोजिम नै ११,०९,२६,०१० इकाई तथा २ जना आवेदकहरुलाई समानुपातिक रुपमा १,६५,७३,९९० इकाई गरी जम्मा १२,७५,००,००० इकाई साउन २ गतेका दिन निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको रजिस्टर्ड कार्यालय, नक्साल, काठमाण्डौंमा बाँडफाँट भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS