IME Life New

समृद्धि र पोखरा फाइनान्सबीच मर्जर सम्झौता, एकीकृत संस्थाबाट गुणस्तरीय सेवा विस्तार हुने विश्वास

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी र पोखरा फाइनान्सबीच मर्जरमा जाने सम्झौता भएको छ। दुवै कम्पनीबीच आज साउन ४ गते आपसमा मर्जर हुने सम्झौता भएको हो।

मर्जरपछि कम्पनीको चुक्तपुँजी, कर्जा लगानी, शाखा सञ्जाल, ग्राहक संख्याका साथै देशव्यापी गुणस्तरीय सेवा विस्तार हुने विश्वास दुवै कम्पनीको रहेको छ। समृद्धि फाइनान्सको २३ औँ र पोखरा फाइनान्सको २७ औँ वार्षिक साधारणसभाले दुवै कम्पनी मर्जरमा जाने प्रस्ताव पारित गरेको थियो।

Esewa
Crest

दुवै कम्पनीबीच मर्जरका लागि प्रारम्भिक समझदारी तथा कानुनी आधार तय गर्ने, संयुक्त मर्जर समिति गठन गर्ने, शेयर स्वाप अनुपात कायम गर्ने, मर्जरपछि सञ्चालक समिति गठन गर्ने, कर्मचारीको व्यवस्थापन गर्ने, सम्पत्ति दायित्व मूल्यांकन गर्नेलगायतको समझदारी भएको छ। आपसी समझदारीमा सुदीप घिमिरेको संयोजकत्वमा ६ सदस्यीय संयुक्त मर्जर समिति गठन गरिएको छ। समितिको सदस्यहरुमा दिनेशकुमार बर्तौला, विनोदकुमार सुवेदी, तिलबहादुर गुरुङ, प्रतीक गुरुङ र यमबहादुर सुर्खाली छन्।

प्रारम्भिक सझदारीअनुसार मर्जर प्रयोजनका लागि दुवै कम्पनीको शेयर स्वामित्व बराबर अर्थात १ः१ अनुपात कायम गरिएको छ। यदि डीडीए प्रतिवेदनमा १० प्रतिशतभन्दा फरक भएमा प्राप्त निवेदनउपर संयुक्त मर्जर समितिमा विस्तृत रुपमा छलफल गरी दुवै संस्थाको शेयर स्वाप रेसियो कायम गरिने सहमति भएको छ।

मर्जरपछि गठन हुने सञ्चालक समितिमा समृद्धि फाइनान्सका तर्फबाट संस्थापक समूहबाट २ जना, सर्वसाधारण समूहबाट १ जना र स्वतन्त्र सञ्चालक गरी २ जना सदस्य हुनेछन्। पोखरा फाइनान्सका तर्फबाट भने संस्थापक समूहबाट १ जना, सर्वसाधारण समूहबाट २ जना गरी ३ जना सदस्य हुनेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS