IME Life New

कर्जा असुलीमा उल्लेख्य सुधार, कस्तो आउला वित्तीय विवरण ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गत आर्थिक वर्ष २०८१।८२ को असारमा कर्जा असुलीमा उल्लेख्य सुधार भएपछि बैंकरहरु उत्साहित बनेका छन्। यद्यपि, अन्तिम त्रैमासको वित्तीय विवरण भने प्रकाशित हुन बाँकी नै छ।

प्रकाशनको तयारीमा रहेको वित्तीय विवरणमा विगतका तुलनामा केही सुधार आएको बैंकरहरु बताउँछन्। यसले गत आर्थिक वर्षको अन्तिम त्रैमासको वित्तीय विवरणमा केही हदसम्म सहज परिस्थिति देखिनेमा बैंकरहरु आशावादी छन्।

Esewa
Crest

नेपाल राष्ट्र बैंकले आर्थिक वर्षको अन्त्यमा अपनाएको केही नीतिगत लचकताका कारण कर्जा असुलीमा सुधार भएको हो। यसले आगामी महिनाहरुमा थप सहज हुने देखिन्छ। विगतका आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षको अन्त्यमा ब्याज बक्यौता पनि ३० प्रतिशत हाराहारीमा घटेको छ। जसले गर्दा पनि कर्जा भुक्तानीका लागि सहज भएको छ।

बैंकहरुले कर्जा असुलीका लागि स्थानीय तहको असहयोग खेपेका थिए। असहयोगका बाबजुद पनि कर्जा असुली गर्न सकिएको बैंकर बताउँछन्।

कर्जा असुलीका लागि स्थानीय तहले विशेषतः घरबाटो सिफारिस, मुद्दा मामिलामा सक्रियता र धितो लिलामीको कार्यान्वयनमा देखिएको बाधाजस्ता समस्यामा सहजीकरण नगरेको बैंकरको गुनासो थियो।

गत असारमा वाणिज्य बैंकहरुले १८ अर्ब रुपैयाँ कर्जा विस्तार गरेका छन्। कर्जा असुलीमा ध्यान दिएका बैंकहरुले गत असारमा कर्जा विस्तार पनि अगाडि जान्छ भन्ने विश्वासमा थिए। तर, कर्जा प्रवाहमा भने सुधार भएन। गत जेठमा ३६ अर्ब कर्जा विस्तार भएमाका असारमा १८ अर्ब मात्रै कर्जा विस्तार भएको हो।

चालु आर्थिक वर्षको सुरुआत भएसँगै कर्जा विस्तारमा सुधार हुँदै जाने बैंकरहरु बताउँछन्। यसका लागि मौद्रिक नीतिमा निकै नै लचकता आएको छ। जसले कर्जा विस्तारलाई सहज बनाउने बैंकरहरु बताउँछन्।

यद्यपि, राष्ट्र बैंकको तथ्यांकअनुुसार गत आर्थिक वर्षको जेठसम्ममा कर्जा विस्तार बढ्दै गएको देखिन्छ। जेठसम्ममा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ४ खर्ब ७ अर्ब ६२ करोड (८.० प्रतिशत) ले बढेको छ।

पछिल्लो समय बैंकको ब्याजदर पनि घटिरहेको अवस्थामा कर्जा प्रवाह बढ्दै जाने जानकारहरु बताउँछन्। अर्थतन्त्र अब विस्तारै लयमा आउने उनीहरुको भनाइ छ। आयात वृद्धि, शेयर धितो कर्जामा भएको वृद्धि, निर्माण क्षेत्रमा गएको कर्जाको वृद्धिजस्ता सूचकले पनि कर्जालाई थप बढाउने जानकार बताउँछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS