IME Life New

कालिका लघुवित्तको संस्थापक शेयर बिक्रीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयरधनी निलकण्ठ उप्रेतीको नाममा रहेको ३९ हजार ४२० कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ । संस्थाका संस्थापक शेयरधनी उप्रेतीले सो शेयर बिक्रीका लागि आवेदन दिएसँगै संस्थाले बिक्रीमा राखेको हो ।

संस्थाले हाल नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार कम्पनीकै विद्यमान संस्थापक शेयरधनीले मात्रै शेयर खरिद गर्न पाउने गरी उक्त शेयर बिक्रीमा राखेको हो। सो शेयर किन्न इच्छुक विद्यमान संस्थापक शेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र कास्कीको पोखरा–१० स्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ।

Esewa
Crest

संस्थाले तोकिएको सो समयावधिभित्र संस्थापक शेयरधनीबाट निवेदन प्राप्त नभएमा सो शेयर सर्वसाधारणका लागि बिक्री गर्ने संस्थाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS