IME Life New

विदेशी मुद्रा सटहीमा नयाँ व्यवस्था, बैंक खाता अनिवार्य

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा सटहीमा बैंक खाता अनिवार्य गरेको छ।

केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाका का लागि जारी गरेको एकीकृत निर्देशनमा संशोधन गर्दै यस्तो व्यवस्था थप गरेको हो। राहदानीबापतको सटही सुविधा र औपचारिक भ्रमणबापतको सटही सुविधा परिवत्र्य विदेशी मुद्राको खातामा जम्मा गरी (नयाँ खाता खोली समेत) उपलब्ध गराउन सकिने व्यवस्था थप गरिएको छ। यसअघि यस्तो व्यवस्था थिएन।

Esewa
Crest

यसैगरी भारतबाहेक अन्य मुलुकको भ्रमणमा जाने नेपाली नागरिकलाई राहदानीबापत प्रतिपटक अमेरिकी डलर ३ हजार वा सोबराबरको परिवत्र्य विदेशी मुद्रासम्म सटही सुविधा दिन सकिने व्यवस्था गरिएको छ। यसअघि यस्तो सुविधा अमेरिकडी डलर २ हजार ५०० थियो।

संशोधित निर्देशनमा मुद्रा सटहीसम्बन्धी कारोबार गर्ने संस्थाले ग्राहकको नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्रको विद्युतीय अभिलेखमा रहेको विवरणको पहँुचका आधारमा संस्थाले ग्राहकको पहिचान तथा सम्पुष्टि गर्न सक्ने व्यवस्था गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS