IME Life New

बैंकहरुको चौथो त्रैमासको वित्तीय विवरण प्रकाशन गर्ने म्याद थप, अब ३० दिनभित्र जारी गर्न पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले अब ३० दिनभित्र चौथो त्रैमासको वित्तीय विवरण ल्याउन पाउने भएका छन्।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि जारी एकीकृत निर्देशनमा संशोधन गर्दै चौथो त्रैमासको वित्तीय विवरण प्रकाशन गर्ने अवधि थप गरिदिएको हो। संशोधित निर्देशनअनुसार बैंक तथा वित्तीय संस्थाले चौथो त्रैमासको अन्तरिम वित्तीय प्रतिवेदन (संक्षिप्त प्रतिवेदन) आर्थिक वर्ष समाप्त भएको ३० दिनभित्र प्रकाशन गर्नुपर्नेछ। यसअघि चौथो त्रैमासको वित्तीय विवरण आर्थिक वर्ष सकिएको २१ दिनभित्र ल्याउनुपर्ने प्रावधान रहेको छ।

Esewa
Crest

यसैगरी बैंक तथा वित्तीय संस्थाले एकीकृत वित्तीय प्रतिवेदनलगायत प्रमुख वित्तीय परिसूचकहरुको अन्तरिम वित्तीय प्रतिवेदन (संक्षिप्त प्रतिवेदन) यस प्रयोजनका लागि तोकिएको ढाँचामा हरेक त्रैमासको महिना व्यतित भएको मितिले १५ दिनभित्र कुनै एक राष्ट्रियस्तरको दैनिक पत्रिकामा अनिवार्य रुपमा प्रकाशित गरी सोको एक प्रति राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभाग र सम्बन्धित सुपरिवेक्षण विभागलाई समेत उपलब्ध गराउनुपर्ने व्यवस्था संशोधित निर्देशनमार्फत गरिएको छ। यसअघि वित्तीय विवरण हरेक त्रैमास सकिएको ७ दिनभित्र प्रकाशन गर्नुपर्ने व्यवस्था थियो।

यसका साथै अन्तरिम वित्तीय प्रतिवेदनको विस्तृत विवरण राष्ट्र बैंकले तोकिदिएको ढाँचामा आफ्नो वेबसाइटमा राख्नुपर्नेछ। यसरी विस्तृत अन्तरिम वित्तीय प्रतिवेदन वेबसाइटमा राखिएको व्यहोरा पत्रिकामा प्रकाशन गरिने प्रतिवेदनमा समेत उल्लेख गर्नुपर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS