IME Life New

रु. १ अर्ब ३७ करोडमा बिक्री भएको यो ब्यागको विशेषता के छ ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । फेसनको संसारमा सबैभन्दा प्रसिद्ध एक्सेसरी मानिने असल बर्किन ब्याग जुलाई १० मा लगभग ८.६ मिलियन युरो (१ अर्ब ३७ करोड ६० लाख रुपैयाँ) मा लिलामी भयो। यससँगै यो लिलामीमा बेचिएको सबैभन्दा महँगो ह्यान्डब्याग बन्यो।

यो कालो छालाको ब्याग सन् १९८५ मा गायिका जेन बर्किनका लागि बनाइएको थियो। उडानका क्रममा बर्किन आर्मेस (फ्रान्सको एक लक्जरी फेसन ब्रान्ड)को प्रमुखको छेउमा बसिरहेकी थिइन्। यात्राका क्रममा उनको सामान खस्यो।

Esewa
Crest

त्यसपछि बर्किनले आर्मेसका प्रमुखलाई सोधिन् कि कम्पनीले किन ठूला ब्यागहरु बनाउँदैन ? यसमा आर्मेसका प्रमुखले उही विमानमा नयाँ डिजाइन तयार गरिदिए।

जुलाई १० मा सोथेबिजको (अक्सन हाउस) पेरिसमा भएको लिलामीमा जापानका एक निजी संकलकले उही डिजाइनमा बनेको प्रोटोटाइप ब्याग किनेका थिए। यो ब्याग ४.३९ लाख युरोको अघिल्लो रेकर्डभन्दा धेरै बढी मूल्यमा लिलामी गरिएको थियो।

अक्सन हाउसका अनुसार लिलामीका क्रममा ९ जना खरिदकर्ताबीच करिब १० मिनेटसम्म कडा प्रतिस्पर्धा भएको थियो। सोथेबिजकी ह्यान्डब्याग र फेसनका विश्वव्यापी प्रमुख मोर्गन हालिमीले भनिन्, ‘यो मूल्यले प्रसिद्ध कथाहरुमा कति शक्ति छ र यसले संकलकहरुको यस्ता विशेष चीजहरु प्राप्त गर्ने इच्छा र जोशलाई कसरी प्रेरित गर्छ भनेर देखाउँछ।’

हालिमीले भनिन्, ‘बर्किन प्रोटोटाइप कथाको सुरुवात हो, जसले हामीलाई बर्किन ब्यागजस्तो आधुनिक आइकन दियो। यो संसारको सबैभन्दा मनपर्ने ह्यान्डब्याग हो।’

यो ब्याग लिलामीमा लगभग ८.६ मिलियन युरोमा बेचिएको थियो। जसमा कमिसन र अन्य शुल्कहरु समावेश थिए। लिलामीअघि यसको मूल्यको कुनै अनुमान गरिएको थिएन।

यो ब्यागको इतिहास र विशेषता

एंग्लो–फ्रान्सेली गायिका र अभिनेत्री जेन बर्किनका लागि यो ब्याग बनाएपछि आम्र्सले यसलाई व्यावसायिक उत्पादनमा समावेश गर्यो। त्यसबेलादेखि यो फेसनको संसारमा ‘स्टेटस सिम्बल्स’ मा गणना गरिन्छ।

केही बर्किन ब्यागहरु लाखौँ डलरको हुन्छन् र तिनीहरुलाई प्राप्त गर्न लामो प्रतीक्षा सूची बस्नुपर्छ। केट मोस, भिक्टोरिया बेकह्याम र जेनिफर लोपेजजस्ता अन्तर्राष्ट्रिय सेलिब्रेटीहरु यी ब्याग किन्नेहरुमध्ये पर्छन्।

लिलामीमा बेचिएको प्रोटोटाइप ब्यागको अगाडिको फ्ल्यापमा बिर्किनको नाम कुँदिएको थियो। जेन बिर्किनको ७६ वर्षको उमेरमा सन् २०२३ मा मृत्यु भयो। उनले त्यो ब्याग एक दशकसम्म राखिन् र एड्स च्यारिटीका लागि पैसा जुटाउन सन् १९९४ मा लिलामीमा दान गरिन्।

त्यो ब्याग पछि पेरिसमा एक लक्जरी बुटिक चलाउने क्याथरिन बेनियरले किनिन्। उनले २५ वर्षसम्म राखिन् र अहिले लिलामीमा बेचिन्। –बीबीसीबाट भावानुवादित

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS