IME Life New

एसिया प्रशान्त क्षेत्रमा घर बीमाको माग बढ्दो गतिमा, फस्टाउँदै बीमकको व्यापार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एसिया प्रशान्त क्षेत्रमा घर बीमाको माग बढ्दो गतिमा रहेको देखिएको छ। योसँगै बीमकको व्यापारमा पनि उल्लेख्य वृद्धि हुँदै गएको छ।

एसएनएस इन्साइडरले तयार पारेको प्रतिवेदनअनुसार एसिया प्रशान्त क्षेत्रमा बढ्दो सहरीकरण, मध्यम वर्गको कमाइ बढ्नु र आवासीय घरको निर्माण तीव्र गतिमा बढ्नुले पनि घर बीमाको माग बढ्दै गएको हो। नियामकीय सहयोग र स्थानीयस्तरमै बीमा पहुँच विस्तार हुनुले पनि यस क्षेत्रमा घर बीमा माग उच्च भएको प्रतिवेदनमा उल्लेख छ।

Esewa
Crest

एसिया प्रशान्त क्षेत्रका चीन, भारत र दक्षिणपूर्वी एसियाका बजारमा घर बीमाको व्यापार उल्लेख वृद्धि भएको छ। यस क्षेत्रमा सन् २०२४ देखि सन् २०३२ सम्म घर बीमा व्यापार वार्षिक औसत १०.१२ प्रतिशतले बढ्दै जाने अनुमान गरिएको छ।

विश्व बजारमा भने घर बीमाको व्यापार सन् २०३२ सम्म दोब्बर हुने देखिएको छ। सन् २०२३ सम्म विश्व बजारमा घर बीमाको व्यापार २३८.३ अर्ब डलरको भएको थियो। सन् २०३२ सम्म व्यापार बढेर ४७६.६८ अर्ब डलर पुग्ने अनुमान रहेको छ। यो वृद्धि वार्षिक औसत ८.०९ प्रतिशतको बढोत्तरी प्राप्त हुने प्रतिवेदनमा जनाइएको छ।

सम्पत्ति सुरक्षासम्बन्धी जनचेतना बढ्नु र प्राकृतिक विपत्ति पनि बढ्दै जानुले भने घर बीमाको माग विश्वमै बढ्दै गएको छ। सन् २०२३ मा विश्वको कुल बीमा व्यापारमा घर बीमाको हिस्सा ४३ प्रतिशत रहेको थियो।

घर बीमाले आगलागी, चोरी, तोडफोड र प्राकृतिक विपत्तिबाट हुने नोक्सानीको क्षतिपूर्ति प्रदान गर्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS