IME Life New

सिद्धार्थ बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिद्धार्थ बैंकको ऋणपत्रमा आवेदन दिने आज असार ३२ गते अन्तिम दिन रहेको छ।

बैंक गत असार २९ गतेबाट साढे २ अर्ब रुपैयाँबराबरको ‘एसबीएल डिबेन्चर–२०९१’ नामक ऋणपत्र निष्कासन गरेको थियो। यो ऋणपत्रमा आज बैंकिङ समयसम्म आवेदन दिन सकिनेछ।

Esewa
Crest

बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल २५ लाख इकाइ ऋणपत्र बिक्री खुला गरेको छ। जसमा १५ लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गरिएको थियो भने बाँकी १० लाख इकाइको सार्वजनिक निष्कासन गरिएको हो।

सर्वसाधारणले यो ऋणपत्रमा न्यूनतम २५ कित्ता र अधिकतममा समपूर्ण कित्ताका लागि खरिद आवेदन दिन सक्नेछन्। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो शेयरबाट खरिद आवेदन दिन सक्नेछन्।

यो ऋणपत्र १० वर्षे अवधिको हो। यसमा लगानीकर्ताले वार्षिक ७.५ प्रतिशत ब्याज पाउनेछन्।

सिद्धार्थ बैंकको ऋणपत्र बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS