IME Life New

होपफुल होराईजन नेपालमा प्रभु बैंकका ग्राहकले विशेष छुट पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई झम्सिखेल, पुल्चोक, ललितपुर स्थित होपफुल होराईजन नेपालमा मानसिक स्वास्थ सम्बन्धि सेवाहरुमा विशेष छुट प्रदान गर्न दुई पक्षीय समझदारी भएको छ ।

एक समारोहका बिच होपफुल होराईजन नेपाल प्रा. लि का तर्फबाट डा. प्रकृति प्रधान र प्रभु बैंकका तर्फबाट प्रमूख मार्केटिङ्ग अफिसर रमेश कुमार श्रेष्ठले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरे । उक्त समारोहमा प्रभु बैंकका प्रिभिलेज बैंङ्किङ प्रमूख, अन्जु बस्नेतको पनि उपस्थिति रहेको थियो ।

Esewa
Crest

छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरुले प्रभु बैंक लिमिटेडको मान्य डेबिट कार्ड,क्रेडिट कार्ड तथा प्रिभलेज कार्ड मध्ये कुनै एक होपफुल हराईजन नेपाल प्रा. लि मा पेश गर्नुपर्ने छ ।

होपफुल होराईजन नेपाल प्रा. लि नेपालको एक दक्ष एवं अनुभवी विषेशज्ञहरुको टोलि द्धारा निजी क्षेत्रवाट सञ्चालित मानसिक स्वास्थ सेवा प्रदायक संस्था हो । यस संस्थाले सबै उमेर समूहका लागि विभिन्न किसिमका मानसिक स्वास्थ सम्बन्धि सेवाहरु उपलब्ध गराउँदै आईरहेको छ ।
त्यसैगरी, ग्राहकहरुको रोजाईको अग्रणि बैंकको रुपमा रहेको तथा “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३१२ शाखा कार्यालयहरु, २८६ एटीएम साथै ६८ एक्सटेन्सन काउन्टर मार्फत करिब ३१ लाख भन्दा बढि ग्राहकहरुलाई गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS