IME Life New

चीनमा फेरि चिप बिक्री सुचारु गर्ने योजनामा विश्वकै मूल्यवान कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विश्वकै सबैभन्दा मूल्यवान कम्पनी एनभिडियाले चीन फेरि चिप बिक्री सुचारु गर्ने योजना बनाएको छ।

एनभिडियाले एच२० एआई चिप चीनमा पुनः बिक्री योजना बनाएको हो। हालै एनभिडियाका सीईओ जेन्सन हुआङले बेइजिङ भ्रमण गरेका थिए। त्यसपछि उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेटेर चीनमा चिप बेच्ने योजना सुनाएका हुन्।

Esewa
Crest

राष्ट्रिय सुरक्षालाई मध्यनजर गर्दै अमेरिकाले एनभिडियाको एआई चिप चीनमा निर्यात गर्न रोक लगाइएको थियो। अमेरिकी शेयर बजारमा सूचीबद्ध एनभिडियाले निर्यातमा लगाइएको रोकले कम्पनीले १५ अर्ब डलर आम्दानी गुमाएको जनाएको छ।

एनभिडियाले चीनमा एच२० ग्राफिक्स प्रोसेसिङ युनिट (जीपीयू) निर्यात पुनः सुचारु गर्नका लागि अमेरिकी सरकारसमक्ष निवेदन पेस गर्ने तयारी गरिरहेको छ। ‘सरकारबाट अनुमति पाएसँगै चीनमा चिप निर्यात गरिनेछ’, एनभिडियाले विज्ञप्तिमा भनिएको छ।

विज्ञप्तिमा अमेरिकी सरकारले एनभिडियालाई चीनमा चिप निर्यातका लागि अनुमति प्रदान गर्ने आशा व्यक्त गरिएको छ।

गत अप्रिलमा एनभिडियाले चीनमा चिप निर्यातमा अमेरिकाले लगाएको रोकको आलोचना गरेको थियो। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS