IME Life New

जीवन बीमकको व्यावसायिक लक्ष्य निर्धारणमा प्राधिकरणले दियो यस्तो निर्देशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले जीवन बीमकको व्यावसायिक लक्ष्य निर्धारणमा बीमाशुल्क समावेशका सम्बन्धमा निर्देशन जारी गरेको छ।

नेपाल बीमा प्राधिकरणले जीवन बीमा कम्पनी र लघुजीवन बीमा कम्पनीलाई आगामी आर्थिक वर्षका लागि आ–आफ्ना मातहतका कर्मचारी, विभाग, प्रादेशिक कार्यालय र शाखा तथा उपशाखा कार्यालयलाई व्यावसायिक लक्ष्य (आवधिक रुपमा तय गर्ने मासिक, त्रैमासिक, अर्धवार्षिक र वार्षिक लक्ष्य) निर्धारण गर्दा प्रथम बीमाशुल्कका अतिरिक्त नवीकरण बीमाशुल्क तथा म्यादी जीवन बीमाशुल्कलाई समेत अनिवार्य समावेश गर्न निर्देशन दिएको हो।

Esewa
Crest

प्राधिकरणलेसबै जीवन बीमा कम्पनी र लघुजीवन बीमा कम्पनीहरूलाई जारी गरेको परिपत्रमा भनिएको छ, ‘आगामी आर्थिक वर्षका लागि आफ्ना मातहतका कर्मचारी, उपशाखा/शाखा/प्रादेशिक कार्यालय र विभागलाई व्यावसायिक लक्ष्य निर्धारण गर्दा प्रथम बीमाशुल्कका अतिरिक्त नवीकरण बीमाशुल्क तथा म्यादी जीवन बीमाशुल्कलाई समेत अनिवार्य समावेश गर्ने गरी निर्धारण गर्ने निर्देशन दिइएको छ।’

बीमकहरुले मातहतका कर्मचारी र विभाग तथा कार्यालयहरूलाई व्यवसायिक लक्ष्य निर्धारण गर्दा सावधिक र एकल बीमाशुल्क भुक्तानी हुने बीमालेखलाई मात्र प्राथमिकता दिने गरेका गुनासा आउने गरेको प्राधिकरणले परिपत्रमा उल्लेख छ। ‘बीमकहरू ठूलो रकमको बीमाशुल्क संककलनमा केन्द्रित हुँदा बीमाको पहुँच न्यून आय भएका वर्गसम्म पुग्न नसकेको, बीमा अवधि नपुग्दै बीमालेख व्यतित तथा समर्पण हुनेलगायतका समस्या देखापरेको र त्यसबाट गुणस्तरीय एवम् भरपर्दो बीमा सेवा प्रवाहमा चुनौति थपिएको सन्दर्भमा प्राधिकरणले त्यस्तो निर्देशन दिएको हो’, प्राधिकरणका कार्यकारी निर्देशक एवं प्रवक्ता सुशीलदेव सुवेदीबाट जारी परिपत्रमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS