IME Life New

अमेरिकाको ‘रिमोट कन्ट्रोल’ मुद्दामा जुरिच चीनले तिर्यो झन्डै पौने २ अर्ब क्षतिपूर्ति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जुरिच जनरल इन्स्योरेन्स (चीन)ले अमेरिकामा त्रुटिपूर्ण रिमोट कन्ट्रोलसँग सम्बन्धित मुद्दामा व्यावसायिक दायित्व बीमा नीतिअन्तर्गत झन्डै पौने २ अर्ब रुपैयाँ क्षतिपूर्ति तिरेको छ। जुरिच चीनले उक्त मुद्दामा १ करोड ९७ लाख ८० हजार डलर (२ अर्ब ७० करोड ९८ लाख रुपैयाँ) क्षतिपूर्ति तिरेको हो।

यो मुद्दा अप्रिल २०२३ मा सुरु भएको थियो। जब जुलाई २०२२ मा अमेरिकामा एक ६ वर्षीय बालकले निर्यात गरिएको एयर कन्डिसनर रिमोटको ब्याट्री निलेपछि पेटमा समस्या आएको थियो। ती बालकको परिवारले ब्याट्री निर्माता कम्पनीमाथि १२ करोड ५२ लाख डलर क्षतिपूर्ति माग गर्दै मुद्दा दायर गरेको थियो। जुरिच चीनका उक्त कम्पनीको बीमकका रुपमा रहेको छ।

Esewa
Crest

मुद्दाको समीक्षा तथा ग्राहक र तिनको कानुनी टोलीसँगको परामर्शपछि जुरिच चीनले प्रतिवादीको रणनीतिलाई समर्थन गरेको हो। ठूलो जुरी फैसलाको जोखिमबाट बच्न दुवै पक्षले ४ करोड डलरमा मुद्दा मिलाउन सहमत भएका थिए।

त्यसपछि जुरिचले पुष्टि गर्यो कि बीमा दाबी पोलिसीअन्तर्गत समेटिएको छ। गत जुन १८ मा जुरिच चीनले बीमाको कभरेजको सीमासम्म १ करोड ९७ लाख ८० हजार डलर तिरेको हो। अब यो मुद्दा बन्द भएको छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS