IME Life New

वाणिज्य बैंकबाट घरजग्गामा सवा २ खर्ब बढी कर्जा प्रवाह, कुनबाट कति ? (सूचीसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिना जेठसम्म वाणिज्य बैंकहरुबाट सवा २ खर्ब रुपैयाँ बढी लगानी भएको देखिएको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको जेठसम्मको तथ्यांकअनुसार २० वटा वाणिज्य बैंकहरुले घरजग्गामा २ खर्ब ३२ अर्ब ३७ करोड रुपैयाँ कर्जा लगानी गरेका छन्। अघिल्लो वर्ष यही अवधिसम्म बैंकहरुले २ खर्ब १७ अर्ब ११ करोड रुपैयाँ कर्जा विस्तार गरेका थिए। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा घरजग्गामा जाने कर्जा ७.०३ प्रतिशतले बढेको छ।

Esewa
Crest

अघिल्लो वर्षको तुलनामा १५ वटा वाणिज्य बैंकले घरजग्गाको कर्जा लगानी बढाएका छन् भने ५ वटाको घटेको छ। सबैभन्दा धेरै कर्जा प्रवाह गर्नेमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक रहेको छ भने वृद्धिदरका हिसाबले कुमारी बैंक अगाडि रहेको छ।

चालु आर्थिक वर्षको जेठसम्म नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले २५ अर्ब ६ करोड २३ लाख रुपैयाँ घरजग्गामा कर्जा लगानी गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले २४ अर्ब ४ करोड १८ लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो। अघिल्लो वर्षको तुलनामा नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको कर्जा लगानी ४.२४ प्रतिशतले बढेको छ।

घरजग्गामा दोस्रो कर्जा विस्तार एनआईसी एसिया बैंकले गरेको छ। समीक्षा अवधिसम्म बैंकले २४ अर्ब ८३ करोड ४४ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले २९ अर्ब ७ करोड ८८ लाख रुपैयाँ घरजग्गामा कर्जा लगानी गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा यो बैंकबाट गएको कर्जा १४.६० प्रतिशतले घटेको छ।

तेस्रो धेरै घरजग्गा कर्जा प्रवाह गर्ने बैंकमा नबिल रहेको छ। अघिल्लो वर्ष जेठसम्म नबिल बैंकले २२ अर्ब ७८ करोड १९ लाख रुपैयाँ कर्जा लगानी गरेकोमा समीक्षा अवधिसम्म ६.९७ प्रतिशतले बढेर २४ अर्ब ३६ करोड ९० लाख रुपैयाँ पुगेको छ।

अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिसम्म एनआईसी एसियासँगै हिमालयन बैंक, नेपाल बैंक, सिद्धार्थ बैंक र नेपाल एसबीआई बैंकबाट घरजग्गामा गएको कर्जा घटेको छ। बाँकी १५ वटा वाणिज्य बैंकको बढेको छ। तीमध्ये कुमारी बैंकले घरजग्गामा कर्जा लगानी ८४.४२ प्रतिशतले बढेको छ भने नेपाल बैंकबाट गएको कर्जा सर्वाधिक ४२.७७ प्रतिशतले घटेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS