काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ४ सय रुपैयाँले बढेको छ। योसँगै प्रतितोला छापावाल सुन १ लाख ९३ हजार ३ सय रुपैयाँ कायम भएको छ। हिजो छापावाल सुनको भाउ प्रतितोला १ लाख ९२ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ पनि तोलामा ३० रुपैयाँले बढेको छ । यससँगै चाँदी २ हजार ३१५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा २ हजार २८५ रुपैयाँमा कारोबार भएको थियो।

















