काठमाडौं । सार्वजनिक संस्थाहरूमा वास्तविक समयमै भुक्तानी हुने गरी डिजिटल भुक्तानी प्रणाली अनिवार्य लागू हुने भएको छ।
अर्थमन्त्रालयले अाइतबार सबै नियामक, सार्वनजिक निकाय र संस्थानहरूका लागि एकीकृत परिपत्र जारी गर्दै साउन १ गतेदेखि नै लागू हुने गरी डिजिटल भुक्तानी अनिवार्य गर्न निर्देशन दिएको हो।
अर्थमन्त्रालयबाट जारी परिपत्रमा नेपाल बीमा प्राधिकरण, नेपाल राष्ट्र बैंक, विभिन्न मन्त्रालय, संस्थानलाइ सम्बोधन गर्दै सबै प्रकारका भुक्तानीहरू डिजिटल प्रणालीबाट भुक्तानी गर्ने व्यवस्था गर्न निर्देशन दिइएको छ।

















