IME Life New

शेयर बजारमा आज उच्च कारोबार भएका १० कम्पनी कुन-कुन ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजारमा मौद्रिक नीतिको सकारात्मक प्रभाव परेको छ। मौद्रिक नीति सार्वजनिक भएपछिको पहिलो कारोबार दिन आइतबार शेयर बजार दोहोरो अंकले बढेको हो।

नेप्से परिसूचक आज २९ अंकले बढेर २७६०.८० को विन्दुमा उक्लिएको छ। यो दिन नेप्से उपसमूहमा रहेका ८ वटा समूह बढेका छन् भने ५ वटा घटेका छन्। आज लघुवित्त समूह सर्वाधिक ३.५० प्रतिशतले बढ्दा जलविद्युत समूह सर्वाधिक ०.८३ प्रतिशतले घटेको छ।

Esewa
Crest

बजारमा आज १५८ वटा कम्पनीको शेयरभाउ बढेको छ। यो दिन ९० वटा कम्पनीको शेयरभाउ घटेको छ।

आज बजारमा ११ अर्ब ४१ करोड ६४ लाख रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार एनआईसी एसिया बैंकको भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • एनआईसी एसिया बैंकः ३७ करोड १४ लाख रुपैयाँ
  • बुटवल पावर कम्पनीः ३२ करोड ८५ लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः २८ करोड ५३ लाख रुपैयाँ
  • सानिमा बैंकः २५ करोड १८ लाख रुपैयाँ
  • सीईडीबी होल्डिङ्सः २४ करोड ८८ लाख रुपैयाँ
  • एभरेष्ट बैंकः २४ करोड ८५ लाख रुपैयाँ
  • हिमालयन हाइड्रोपावरः २४ करोड ७६ लाख रुपैयाँ
  • ङादी ग्रुप पावरः २४ करोड ७५ लाख रुपैयाँ
  • ग्लोबल आइएमई बैंकः २२ करोड २४ लाख रुपैयाँ
  • राधी विद्युतः २२ करोड १९ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS