IME Life New

बिटक्वाइनका निर्माता सातोशी नाकामोतो किन छन् बेखबर ? हालसम्म कसैले देखेका छैन मुहार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विश्वको सबैभन्दा पुरानो क्रिप्टोकरेन्सी बिटक्वाइनको मूल्य १ लाख १८ हजार डलर पुगेको छ। यस वर्ष यसको मूल्य ५५ प्रतिशतभन्दा बढीले बढेको छ।

यससँगै बिटक्वाइनको निर्माता सातोशी नाकामोतो विश्वको १२ औँ धनीव्यक्ति बनेका छन्। जनवरी र जुलाई २००९ को बीचमा नाकामोतोले १० लाखभन्दा बढी बिटक्वाइन कमाएको मानिन्छ।

Esewa
Crest

हालको मूल्यअनुसार नाकामोतोसँग १२९ अर्ब डलरको बिटक्वाइन छ। यसअनुसार उनी विश्वको १२ औँधनी व्यक्ति हुन्। उनको कुल सम्पत्ति भारत र एसियाका सबैभन्दा धनीव्यक्ति मुकेश अम्बानी (१०९ अर्ब) भन्दा बढी छ।

ब्लुमबर्ग बिलियनेयर इन्डेक्सका अनुसार, एलन मस्क ३६० अर्ब डलरका साथ धनाढ्यको सूचीमा अग्रस्थानमा छन्। नाकामोटोको कुल सम्पत्ति माइक्रोसफ्टका संस्थापक बिल गेट्स (१२३ अर्ब डलर) भन्दा बढी छ। तर, आजसम्म कसैले नाकामोटोलाई देखेका छैनन्।

नाकामोटोले अक्टोबर २००८ मा सार्वजनिक एमआईटी लाइसेन्सअन्तर्गत बिटक्वाइन श्वेतपत्र जारी गरेका थिए। बिटक्वाइनको पहिलो ब्लक जनवरी ३, २००९ मा टकसाल गरिएको थियो। यससँगै बिटक्वाइन नेटवर्कको सुरुआत औपचारिक रुपमा सुरु भयो।

सन् २०१० मा प्रसिद्ध क्रिप्टोकरेन्सी अनुसन्धानकर्ता सर्जियो डेमियन लर्नरले नाकामोटोको बिटक्वाइन होल्डिंग्समा एउटा अनुसन्धान पत्र प्रकाशित गरे। उनी भन्छन्, ‘नाकामोटोसँग १० लाख बिटकोइन हुन सक्छन्।’

बिटक्वाइन एक प्रकारको क्रिप्टोकरेन्सी हो। ‘क्रिप्टो’ को अर्थ ‘गोप्य’ हो। यो एक डिजिटल मुद्रा हो। जुन क्रिप्टोग्राफीको नियमका आधारमा काम गर्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS