IME Life New

जेठसम्म बैंकहरुमा थपियो १० अर्ब १९ करोडको गैरबैंकिङ सम्पत्ति, कर्जा असुली सुस्तै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । खराब कर्जा असुली प्रभावकारी नहुँदा बैंकहरुको ११ महिनामा १० अर्ब १९ करोड रुपैयाँ बढीको गैरबैंकिङ सम्पत्ति थपिएको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकबाट यस्तो देखिएको हो। कर्जा विस्तार हुन नसक्दा बैंकहरुको लागत बढिरहेको छ भने पुरानो कर्जा असुलीमा सकस हुँदा बैंकहरुमा गैरबैंकिङ सम्पत्ति थुप्रिँदै गएको छ।

Esewa
Crest

बैंकिङ क्षेत्रमा देखिएको सुस्तता अझै सुधार हुन सकेको छैन। निजी क्षेत्रले कर्जाको माग नबढाउँदा बैंकिङ क्षेत्रमा थप दबाब सिर्जना भइरहेको छ।

बैंकहरुमा निक्षेप बढ्दो क्रममा रहेको छ। अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले लगातार बैंकिङ प्रणालीबाट पैसा खिचिरहेको छ।

चालु आर्थिक वर्षको ११ महिना जेठ मसान्तसम्म समग्र बैंक तथा वित्तीय संस्थाको खराब कर्जा ५.२४ प्रतिशत रहेको छ। बैंक तथा वित्तीय संस्थाहरुको कुल ४५ अर्ब ७० करोड १० लाख रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति थुप्रिएको छ। गत असार मसान्तसम्म ३५ अर्ब ५० करोड ९० लाख रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति रहेको छ। पछिल्लो ११ महिनामा बैंक तथा वित्तीय संस्थाहरुमा थप १० अर्ब १९ करोड २० लाख रुपैयाँ गैरबैंकिङ सम्पत्ति थुप्रिएको छ।

चालु आर्थिक वर्षको जेठसम्म वाणिज्य बैंकहरुको औसत खराब कर्जा (एनपीएल) ५.०५ प्रतिशत रहेको छ। वाणिज्य बैंकहरुमा ३८ अर्ब ७९ करोड १० लाख रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति थुप्रिएको छ। यो गत असार मसान्तको तुलनामा ८ अर्ब ६१ करोड ५० लाख रुपैयाँले बढी हो। गत असार मसान्तसम्म वाणिज्य बैंकहरुमा ३० अर्ब १७ करोड ६० लाख रुपैयाँ गैरबैंकिङ सम्पत्ति रहेको थियो।

यसैगरी चालु आर्थिक वर्षको जेठ मसान्तसम्म विकास बैंकहरुको औसत एनपीएल ५.५६ प्रतिशत रहेको छ। विकास बैंकहरुमा यो वर्ष पुससम्म ४ अर्ब १६ करोड ३० लाख रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति थुप्रिएको छ। गत असार मसान्तसम्म विकास बैंकहरुमा ३ अर्ब ३६ करोड ९० लाख रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति रहेको छ। पछिल्लो १० महिनामा विकास बैंकहरुको गैरबैंकिङ सम्पत्ति ७९ करोड ४० लाख रुपैयाँले बढेको छ।

उता फाइनान्स कम्पनीहरुको एनपीएल चालु आर्थिक वर्षको जेठ मसान्तसम्म बढेर १३.०४ प्रतिशत पुगेको छ। जेठसम्म फाइनान्स कम्पनीको गैरबैंकिङ सम्पत्ति २ अर्ब ७४ करोड ७० लाख रुपैयाँबराबरको रहेको छ। गत असार मसान्तसम्म गैरबैंकिङ सम्पत्ति १ अर्ब ९६ करोड ४० लाख रुपैयाँबराबरको थियो। फाइनान्स कम्पनीको गैरबैंकिङ सम्पत्ति ७८ करोड ३० लाख रुपैयाँले बढेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS