IME Life New

घर निर्माण वा खरिद गर्न अब रू. ३ करोडसम्म कर्जा पाइने

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । सर्वसाधारणले निजी आवासीय घर निर्माण वा खरिद गर्न ३ करोड रूपैयाँसम्म कर्जा रकम पाउने भएका छन्।

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२।८३ को माैद्रिक नीतिमार्फत आवासीय कर्जाको सीमा बढाएर ३ करोड रूपैयाँ कायम गर्ने घोषणा गरेको छ। अहिले बैंक तथा वित्तीय संस्थाले निजी घर निर्माण वा खरिद गर्न ग्राहकलाई अधिकत्तम २ करोड रूपैयाँसम्म मात्र लागी गर्न सक्ने प्रावधान छ।

Crest

पहिलो घर र निर्माण खरिद गर्दा कर्जा मूल्य अनुपात बढीमा ८० प्रतिशतसम्म हुनेछ। यसबाहेक अन्यको हकमा बढीमा ७० प्रतिशतसम्म हुनेछ। अर्थात् पहिलो पटक खरिद गर्नेले ८० र दोश्रो वा पुनः खरिद गर्नेले मूल्याङ्कित सम्पत्तिको ७० प्रतिशतसम्म कर्जा प्राप्त गर्न सक्नेछन्।

बैंक तथा वित्तीय संस्थाले सुरक्षणवापत घरजग्गा रोक्का गरेर सर्वसाधारणलाई घर जग्गा खरिद गर्न कर्जा लगानी गर्छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS