IME Life New

सिद्धार्थ बैंकले आजबाट साढे २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्दै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिद्धार्थ बैंकले आज असार २९ गतेबाट साढे २ अर्ब रुपैयाँबराबरको ऋणपत्र जारी गर्ने भएको छ। बैंकले ‘एसबीएल डिबेन्चर–२०९१’ नामक ऋणपत्र निष्कासन गर्न लागेको हो।

बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल २५ लाख इकाइ ऋणपत्र बिक्री गर्नेछ। जसमा १५ लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गरिनेछ भने बाँकी १० लाख इकाइको सार्वजनिक निष्कासन गर्न लागिएको हो।

Esewa
Crest

सर्वसाधारणले यो ऋणपत्रमा न्यूनतम २५ कित्ता र अधिकतममा समपूर्ण कित्ताका लागि खरिद आवेदन दिन सक्नेछन्। यो ऋणपत्र १० वर्षे अवधिको हो। यसमा लगानीकर्ताले वार्षिक ७।५ प्रतिशत ब्याज पाउनेछन्।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो शेयरबाट खरिद आवेदन दिन सक्नेछन्। यो ऋणपत्रको निष्कासन बन्द छिटोमा असार ३२ गते र ढिलोमा साउन ११ गते बैंकिङ समयपछि हुनेछ।

सिद्धार्थ बैंकको ऋणपत्र बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS