IME Life New

ग्रामीण क्षेत्रका ऋणीको संरक्षणका लागि राष्ट्र बैंकले विशेष कार्यक्रम सञ्चालन गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ग्रामीण क्षेत्रका ऋणीको संरक्षणका लागि नेपाल राष्ट्र बैंकले विशेष कार्यक्रम सञ्चालन गर्ने भएको छ।

नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२।८३ का लागि घोषित माैद्रिक नीतिमा ग्रामीण क्षेत्रमा ऋणीहरूसँग निरन्तर सम्वादमा रहने उद्देश्यले “ऋणीसँग नेपाल राष्ट्र बैंक” कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको हो।

Esewa
Crest

राष्ट्र बैंकको यो कार्यक्रमले न्यून वित्तीय साक्षरताका कारण बैंक तथा वित्तीय संस्थाको सेवाबाट वञ्चित हुन वा ठगिन बाध्य ग्रामीण क्षेत्रका वित्तीय उपभोक्ताको हित संरक्षणमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार, नेपालमा वित्तीय साक्षरता दर ६० प्रतिशतभन्दा माथि रहेपनि ऋणीहरू बैंक वित्तीय संस्थाबाट ठगिनेक्रम झन् झन् बढेको छ। विशेषगरी लघुवित्त वित्तीय संस्थाको गैरव्यवसायीक प्रवृत्तिका कारण यस्तो हुन गएको हो।

लघुवित्त वित्तीय संस्थाले चर्को ब्याज असुलेर बिल्ली बाँठ पारेको भन्दै दुई वर्ष अघि काठमाडाैंमा लामो समयसम्म लघुवित्त पीडितहरूको आन्दोलन नै चलेको थियो। यसबाहेक गाउँघरमा साहूमहाजनले समेत मिटर ब्याजमा कर्जाको साँवाभन्दा बढी ब्याज असुलेर घरबार विहीन बनाएका पीडितहरूले पनि देशव्यापी आन्दोलन नै गर्नु परेको थियो।

राष्ट्र बैंकले ग्रामीण क्षेत्र केन्द्रित कार्यक्रम सञ्चालन गर्दा ग्रामीण क्षेत्रका उपभोक्ताहरू वित्तीय पाटोमा साक्षर र सचेत भएर आफ्नो अधिकारको पक्षमा आवाज उठाउन सक्षम हुनेछन्। अर्कोतर्फ बैंक वित्तीय संस्थाको ऋण कर्जा कारोबार, प्रकृया, धितो मूल्याङ्कन, धितो लिलामी प्रकृयाबारे सचेत ग्राहकहरूले आफू ठगिन लागेको चाल पाएर समयमै सचेत हुन सक्छन् ।

राष्ट्र बैंकले वित्तीय ग्राहक संरक्षण गर्न “वित्तीय ग्राहक संरक्षण मार्गदर्शन” एवम् वित्तीय बजार आचरणसम्बन्धी निर्देशन जारी गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS