काठमाडौं । क्रियाशील आर्थिक पत्रकारहरुको साझा संस्था नेपाल आर्थिक पत्रकार संघ ९नाफिज० ले एक जनालाई प्रदान गर्न लागेको ‘श्रवण कुमार अग्रवाल–नाफिज फेलोसिप’ का लागि आवेदन आह्वान गरिएको छ ।
आरएमसी ग्रुपका कार्यकारी अध्यक्ष राजेशकुमार अग्रवालले नाफिजसँगको सहकार्यमा आफ्ना स्वर्गीय पिता श्रवणकुमार अग्रवालको स्मृतिमा ‘श्रवण कुमार अग्रवाल नाफिज फेलोसिप’ का लागि सात लाख रुपैयाँको अक्षय कोष स्थापना गरेका थिए । सोहीअनुसार आर्थिक बर्ष २०८२÷८३ का लागि एक जना नाफिज सदस्यलाई फेलोसिप प्रदान गर्न लागिएको हो ।
यसका लागि नाफिज सदस्यहरुले आफ्नो समाचार लेखनको विषयको योजनासहित नाफिजमा योजना पेश गर्नुपर्ने र सो खोजमूलक आर्थिक समाचार लेखनका लागि प्रदान गरिने फेलोसिपका लागि पत्रकारलाई नाफिजले मेन्टर पनि उपलब्ध गराउनेछ । ‘श्रवण कुमार अग्रवाल नाफिज–फेलोसिप’ प्रदान गर्न तीन जनाको छनोट समिति गठन गरिनेछ ।
यो फेलोसिपका लागि आफु आवद्ध सञ्चार संस्थाको परिचयपत्रको फोटोकपी सहित २०८२ साउन मसान्तसम्म आवेदन पेश गर्नुपर्नेछ ।

















