IME Life New

बैंकै पिछे केवाइसी फारम भर्दा भर्दा हैरान हुनुहुन्छ ? अब हुनुपर्दैन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था पिच्छे ग्राहकले पहिचान फारम(केवाईसी) विवरण भर्नुपर्ने र नियमित अध्यावधिक गर्नुपर्ने बाध्यताबाट मुक्ति पाउने भएका छन्।

नेपाल राष्ट्र बैंकका गभर्नर डाक्टर विश्वराज पाैडेलले शुक्रबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८२।८३ को मौद्रिक नीतिमा ग्राहकले खाता भएको कुनै एक बैैंकमा केवाईसी विवरण भरे पुग्ने व्यवस्थान गरिने घोषणा गरेका हुन्।

Esewa
Crest

नेपाल राष्ट्र बैंकले केन्द्रिय ग्राहक पहिचान सूचना प्रणालीको स्थापना गर्ने भएको हो । यो प्रणालीको माध्यमबाट एउटा बैंक वित्तीय संस्थामा ग्राहकले उपलब्ध गराएको विवरण अन्य बैंक वित्तीय संस्थाले पनि प्राप्त गर्न सक्नेछन् ।

यस प्रणाली अन्तर्गत केवाईसी विवरण उपलब्ध गराएका ग्राहकले पहिचान नम्बर प्राप्त गर्नेछन् । र कुनै पनि बैंक वित्तीय संस्थाले ग्राहक पहिचानका लागि ग्राहकको व्यक्तिगत विवरण आवश्यक परेमा सोही पहिचान नम्बरको प्रयोग गरेर केवाइसी प्रणालीबाट प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS