IME Life New

राष्ट्रियस्तरका विकास बैंकले कमाए करिब सवा ५ अर्ब, कसको कति नाफा ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिना जेठसम्म राष्ट्रियस्तरका विकास बैंकहरुले करिब सवा ५ अर्ब रुपैयाँ नाफा आर्जन गरेका छन्।

राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार जेठसम्म ८ वटा राष्ट्रियस्तरका विकास बैंकले कुल ५ अर्ब २२ करोड ७७ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएका हुन्। अघिल्लो वर्ष यही अवधिसम्म यी विकास बैंकहरुको कुल नाफा ४ अर्ब ८३ करोड २२ लाख रुपैयाँ थियो। अघिल्लो वर्षको तुलनामा बैंकहरुको नाफा ८.१९ प्रतिशतले बढेको छ।

Esewa
Crest

समीक्षा अवधिसम्म सबैभन्दा धेरै नाफा आर्जन विकास बैंकमा मुक्तिनाथ रहेको छ। यो बैंकले जेठसम्म १ अर्ब ५ करोड १७ लाख रुपैयाँ नाफा कमाएको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले १ अर्ब १६ करोड ९४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा बैंकको नाफा १०.०७ प्रतिशतले घटेको छ।

चालु आर्थिक वर्षको जेठसम्म गरिमा १ अर्ब १ करोड ६८ लाख रुपैयाँ नाफा कमाउँदै दोस्रो स्थानमा रहेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले ८५ करोड ७४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा बैंकको नाफा १८.८५ प्रतिशतले बढेको छ।

नाफा आर्जनको हिसाबले शाइन रेसुंगा तेस्रो स्थानमा रहेको छ। अघिल्लो वर्ष जेठसम्म ६७ करोड ७९ लाख रुपैयाँ नाफा आर्जन गरेको यो बैंकले समीक्षा अवधिसम्म ७३ करोड ८८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्षको तुलनामा बैंकको नाफा ८.९८ प्रतिशतले बढेको छ।

यसैगरी जेठसम्म कामना सेवाले ६६ करोड ९३ लाख रुपैयाँ, सांग्रिलाले ५६ करोड २९ लाख रुपैयाँ, महालक्ष्मीले ५३ करोड ४४ लाख रुपैयाँ, ज्योतिले ४३ करोड ६४ लाख रुपैयाँ र लुम्बिनीले २१ करोड ७३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कामना सेवाको नाफा ३६.८२ प्रतिशत, सांग्रिलाको ५९.२२ प्रतिशतले बढ्दा महालक्ष्मीको ३.६६ प्रतिशतले घटेको छ।

उता ज्योतिको ४०.९६ प्रतिशतले बढेको छ भने लुम्बिनीको ४८.३० प्रतिशतले घटेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS