IME Life New

मौद्रिक नीति आजै ल्याउने तयारीमा गभर्नर पौडेल, पुँजीबजार र बैंकिङ क्षेत्र प्राथमिकतामा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२।८३ को वार्षिक मौद्रिक नीति आज ल्याउने तयारी गरेको छ।

गभर्नर विश्वनाथ पौडेलले आगामी आर्थिक वर्षको बजेटसँगै कार्यान्वयन गर्ने गरी वार्षिक मौद्रिक नीति ल्याउन लागेका हुन्। यो उनको गभर्नरका रुपमा पहिलो मौद्रिक नीति हुनेछ।

Esewa
Crest

गभर्नर अधिकारी हिजो बिहीबार व्यवस्थापन समितिको बैठक डाकेर मौद्रिक नीतिको ड्राफ्टबारे छलफल गरेका थिए। उनले मौद्रिक नीतिको ड्राफ्टमा ‘बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल’बाट प्राप्त धेरैजसो सुझाव समेटेको बताइएको छ।

राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले केही दिनअघि नै मौद्रिक नीतिको ड्राफ्ट तयार गरी व्यवस्थापन समितिमा पठाएको थियो। त्यही ड्राफ्टमा कार्यदलले दिएका सुझावलाई समेट्दै हिजोको व्यवस्थापन समितिको बैठकमा छलफल राष्ट्र बैंक स्रोत बताउँछ।

स्रोतका अनुसार आज दिउँसो सञ्चालक समितिको बैठक डाकिएको छ। ‘दिउँसो १ पछि सञ्चालक समितिको बैठक बस्दैछ, सम्भवतः सोही बैठकले मौद्रिक नीति पारित गरेपछि आजै सार्वजनिक हुने सम्भावना छ’, स्रोतले भन्यो, ‘यदि कुनै फेरबदल नभएमा आजै मौद्रिक नीति आउँछ।’

गभर्नर पौडेलले मौद्रिक नीतिमा पुँजीबजार र बैंकिङ क्षेत्रलाई प्राथमिकतामा राखेको बताइएको छ। उनले कार्यदलले दिएका अधिकांश सुझावलाई मौद्रिक नीतिमा समावेश गरिएको राष्ट्र बैंक स्रोत बताउँछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS