IME Life New

सिटिजन्स सदाबहार योजनाका इकाइ खरिदका लागि आवेदन दिने आज अन्तिम दिन

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । सिटिजन्स म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने सिटिजन्स सदाबहार योजनाका इकाइ खरिदका लागि आवेदन दिने आज असार २७ गते अन्तिम दिन रहेको छ।

यस योजनाका गत असार १३ गतेबाट बिक्रीमा राखिएको थियो। यस योजनाका इकाइ निष्कासन बन्द छिटोमा असार १७ गते बैंकिङ समयपछि हुने भनिएको थियो। तर, पर्याप्त आवेदन नपरेकोले निष्कासन अवधि आज असार २७ गते बैंकिङ समयसम्म थप गरिएको हो।

Crest

यस योजनाका १० रुपैयाँ अंकित दरका कुल ५ करोड इकाइमध्ये बीज पुँजीबापत न्यूनतम ७५ लाख इकाइ वा कुल बिक्री भएको इकाइ संख्याको न्यूनतम १५ प्रतिशत इकाइ कोष प्रवद्र्धक सिटिजन्स बैंक इन्टरनेसनलाई सुरक्षित राखिएको छ। बाँकी ४ करोड २५ लाख इकाइमा सर्वसाधारणले खरिद आवेदन दिन सक्नेछन्।

योजना व्यवस्थापक सिटिजन क्यापिटलका अनुसार लगानीकर्ताले यस योजनामा न्यूनतम १०० इकाइ र अधिकतममा ५० लाख इका खरिदका लागि आवेदन दिन सक्नेछन्। आवेदन नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा तथा सीडीएससीको मेरो शेयरबाट दिन सकिनेछ।

नेपाल धितोपत्र बोर्डले यो खुलामुखी योजनाका इकाइहरु बिक्री गर्न यही असार २ गते अनुमति दिएको थियो।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS