IME Life New

बाढीले नोक्सान बढेपछि खुम्चियो नेपाल इन्स्योरेन्सको ‘अण्डराइटिङ सरप्लस’

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गत वर्षको बाढी पहिरोका कारण भएको क्षतिको बीमा दाबी भुक्तानी गर्नुपर्दा नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको जोखिमाङ्कन बचत( अण्डरराइटिङ सरप्लस) ह्वात्तै घटेको छ।

रेटिङ एजेन्सी इन्फोमेरिक्स नेपालका अनुसार, चालू आर्थिक वर्षको तेश्रो त्रैमास(चैत्र मसान्त)सम्ममा दाबी अनुपात ६८ प्रतिशत पुगेको छ। गत आर्थिक वर्ष २०८०।८१ मा दाबी अनुपात जम्मा ५२ प्रतिशत थियो ।

Esewa
Crest

कुल संकलित बीमाशुल्क र कुल दाबी भुक्तानी बीचको अनुपातको आधारमा दाबी अनुपात तय गरिन्छ। बीमावापत संकलित बीमाशुल्कको तुलनामा बीमा गरेको सम्पत्तिको क्षति भएर दाबी भुक्तानी गर्नुपर्ने रकम थपिंदै जाँदा दाबी अनुपात पनि अधिक हुन थाल्छ।

गत वर्षको भदाै महिनामा आएको बाढीका कारण बीमित सम्पत्तिमा भएको क्षतिले दाबी अनुपात बढाएको हो। दाबी अनुपात बढ्रदा संयुक्त अनुपात समेत ९२ प्रतिशतबाट ९४ प्रतिशतमा उक्लिएको छ।

घट्दो बैंक ब्याज दरका कारण इन्स्योरेन्सको औसत लगानी प्रतिफल ८.०२ प्रतिशतबाट ६.४४ प्रतिशतमा सीमित हुन पुगेको छ।

नियामकीय न्यूनत्तम सोल्भेसी अनुपात १.५ गुणाको तुलनामा गत आवको बीमाङ्की मूल्याङ्कनका आधारमा यसको सोल्भेन्सी मार्जित ४.३४ गुणा रहेको थियो। सोल्भेन्सी अनुपातले वित्तीय दायीत्वको तुलनामा बीमकसँग कति गुणा सम्पत्ति उपलब्ध छ भन्ने इंगित गर्छ। आव २०७९।८० मा यस्तो अनुपात २.०८ गुणा मात्र रहेकोमा बोनश र हकप्रद शेयरमार्फत् चुक्ता पूँजी वृद्धि, घरजग्गा लगायत स्थिर सम्पत्तिको मूल्याङ्कन वृद्धिले सम्पत्ति वृद्धि गराएको छ।

साथै गत आवमा इन्स्योरेन्सको प्रतिधारण अनुपात(रिटेन्शन रेसियो) ४० प्रतिशत थियो। चालू आवको चैत्र मसान्तसम्ममा यो अनुपात ४६ प्रतिशत पुगेको छ। निर्जीवन बीमकको औसत प्रतिधारण अनुपात ३८ प्रतिशत मात्र रहेकोमा इन्स्योरेन्सको अवस्था सुदृढ देखिएको छ।

इन्स्योरेन्सको वित्तीय अवस्था, दाबी भुक्तानी, संयुक्त अनुपात, सम्पत्ती गुणस्तर लगायत सूचकको पुनःमूल्याङ्कका आधारमा इन्फोमेरिक्स नेपालले हकप्रद शेयर निष्काशन प्रयोजनका लागि प्रदान गरेको IRN A- (Is) ए माइनस इस्युअर रेटिङलाइमेरिक्सले पुनः समर्थन गरेको छ।

नेपाल इन्स्योरेन्स, नेपालको बीमा बजारको सबैभन्दा पुरानो बीमा कम्पनी हो। पुरानो बीमक भएपनि यसको बजार हिस्सा जम्मा ४ प्रतिशतमा सीमित छ।

चालू आर्थिक वर्ष २०८१।८२ को चैत्रमसान्तसम्ममा यो इन्स्योरेन्सले १ अर्ब २८ करोड रूपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ। यो गत अावको सोही अवधिको तुलनामा ३० प्रतिशतले वृद्धि हो। गत आव २०८०।८१ मा कुल बीमाशुल्क आम्दानी वृद्धि जम्मा ०.३ प्रतिशतको झिनो अंकमा रहेको थियो।

यो कम्पनीमा संस्थापक संस्थागत शेयरधनीका रूपमा नेपाल बैंक लिमिटेड(१३.०८%), एशियन लाइफ इन्स्योरेन्स (१३.०२%) र विशाल ग्रुप अन्तर्गतको युनाइटेड डिष्ट्रिब्युटर्स नेपाल(६.०६%)को मुख्य स्वामित्व रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%
happy

खुसी

67%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS