IME Life New

खानेपानी विभागको चालु आर्थिक वर्षको वित्तीय प्रगति उत्कृष्ट

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । गत आर्थिक वर्षको तुलनामा खानेपानी तथा ढल व्यवस्थापन विभागले चालु आर्थिक वर्षमा करिब ८० प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ । विगतका वर्षहरूमा तुलनात्मक रूपमा कम प्रगति हुँदै आएकोमा यस वर्ष उल्लेखनीय सुधार देखिएको विभागले जनाएको छ ।

अघिल्लो आर्थिक वर्षमा विभागको वित्तीय प्रगति ६३ प्रतिशत मात्र रहेकोमा यही असार २५ गतेसम्मको अद्यावधिक विवरणअनुसार विभागले चालु आर्थिक वर्षमा करिब ८० प्रतिशत वित्तीय प्रगति गर्न सफल भएको विभागका महानिर्देशक इन्जिनियर रामकुमार श्रेष्ठले जानकारी दिए ।

Crest

उनले भने, “यो विभाग सहित मन्त्रालयका लागि नै ठूलो उपलब्धि हो, देशभर रहेका २० वटा संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालयहरूमध्ये म्याग्दी, इलाम र जुम्लाले उल्लेखनीय प्रगति गरेका छन् ।”

खानेपानी मन्त्री प्रदीप यादवको स्पष्ट निर्देशन, मार्गदर्शन तथा विभागको सक्रियता र प्रतिबद्धताका कारण यो आर्थिक प्रगति सम्भव भएको खानेपानी मन्त्रालयले जनाएको छ ।

खानेपानी तथा ढल व्यवस्थापन विभाग अन्तर्गतको देशभरका २० वटा संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय मध्ये म्याग्दी, इलाम र जुम्लाले उच्च प्रगति हासिल गरेका विभागका महानिर्देशक ई रामकुमार श्रेष्ठले जानकारी दिए ।

उनले भने, “विभागले अघिल्लो आर्थिक वर्षमा ६३ प्रतिसत प्रगती गरेकोमा यो चालु आर्थिक वर्षमा करिब ८० प्रतिशत वित्तिय प्रगति हासिल गरेको छ । निकै ठूलो उपलब्धि र प्रगती पनि हो । जसमा म्याग्दी, इलाम र जुम्लाले उच्च प्रगति हासिल गरेका छन् ।”

खानेपानीमन्त्री प्रदीप यादवको निर्देशन र विभागको लगनसिलताका कारण चालु आर्थिक वर्षमा ८० प्रतिशत वित्तिय प्रगति हासिल गर्न सकिएको मन्त्रालयले जनाएको छ । विभागको अद्यावधिक विवरणअनुसार संघीय कार्यालय जनकपुरले भने सबैभन्दा कम प्रगति गरेको छ ।

प्रगति विवरण अनुसार म्याग्दीले सबैभन्दा उच्च ९५ दशमलब १४ प्रतिशत उपलब्धि हासिल गरेको छ भने इलामले ९३ दशमलब ३० प्रतिशत र जुम्लाले ९१ दशमलब ३६ प्रतिशत प्रगति हासिल गरेका छन् ।
त्यसैगरी संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय रामेछापले ९१ दशमलब २३ प्रतिशत र अर्घाखाँचीले ९० दशमलब ५३ प्रतिशत प्रगति हासिल गरेका जनाइएको छ ।

८० प्रतिशत भन्दा माथि प्रगति गर्ने अन्य कार्यालयहरूमा नेपालगञ्ज, बिराटनगर, खोटाङ, पोखरा, कञ्चनपुर र वीरगञ्ज रहेका छन् । धनकुटा, बुटवल र हेटौँडाको प्रगति क्रमशः ७७ दशमलब ५५ प्रतिशत, ७६ दशमलब ६१ प्रतिशत र ७२ दशमलब ५२ प्रतिशत रहेको छ । तर, केही कार्यालयहरूको प्रगति कम देखिएको छ ।

कैलाली, लमजुङ, भक्तपुर, चितवन, सुर्खेत र जनकपुरले ७० प्रतिशतभन्दा कम प्रगति गरेका विभागले जनाएको छ । विशेष गरी जनकपुरले ४६ दशमलब ३९ प्रतिशत मात्र प्रगति गर्न सकेको छ, जुन सबैभन्दा न्यून हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS