IME Life New

विश्वमा बढ्दो गतिमा बीमाको माग, करिब ७%ले बढ्यो शीर्ष २० कम्पनीको व्यापार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विश्वका शीर्ष २० सार्वजनिक रुपमा सूचीबद्ध बीमा कम्पनीहरुले वर्ष २०२४ मा व्यापार औसतमा करिब ७ प्रतिशत बढेको छ।

ग्लोबलडाटाको तथ्यांकअनुसार अघिल्लो वर्षको तुलनामा वर्ष २०२४ ती बीमकको व्यापार ६.८ प्रतिशतले बढेको हो। व्यापार बढ्नुमा उच्च ब्याजदर, बलियो इक्विटी बजार प्रतिफल र चलिरहेको डिजिटल तथा भौगोलिक विस्तारबाट प्राप्त फाइदालगायतका कारण रहेका छन्।

Esewa
Crest

ती २० कम्पनीमध्ये १८ वटाको बीमाशुल्क बढेको छ। प्रुडेन्सियल फाइनान्सियलले यो समूहको नेतृत्व गर्दै ३९.७ प्रतिशतले बीमाशुल्क बढाएको छ। जुन यसको समूह ‘अपांगता र पूरक स्वास्थ्य व्यवसाय’मा वृद्धिका साथै यसका परामर्श सञ्जालमार्फत बलियो परिवर्तनशील जीवन बिक्रीद्वारा सञ्चालित रहेको छ।

प्रोग्रेसिभको व्यापार २०.७ प्रतिशत बढेको छ। जुन नयाँ व्यक्तिगत गाडी बीमामा वृद्धि तथा व्यक्तिगत र व्यावसायिक गाडी बीमा खण्डमा उच्च बीमाशुल्क दरहरुका कारण रहेको छ।

अर्कोतर्फ जापानको दाई–इची लाइफ होल्डिंग्सले यसको दाई–इची फ्रन्टियर लाइफ सहायक कम्पनीको कमजोर बिक्रीका कारण बीमाशुल्क १३ प्रतिशतले घटेको देखाएको छ।

यसैगरी जापान पोस्ट होल्डिंग्सको व्यापार पनि ९.३ प्रतिशतले घटेको छ। जसले कम लागू बीमा पोलिसी र नयाँ बीमा पोलिसी जारी गर्न बढेको लागतलाई प्रतिविम्बित गर्दछ।

ग्लोबलडेटा विश्लेषक मूर्ति ग्रान्डी बीमाशुल्क वृद्धिले उपभोक्ता व्यवहारमा व्यापक परिवर्तनहरु प्रतिविम्बित गर्ने बताउँछन्। ‘विशेषगरी बढ्दो वित्तीय साक्षरता र बचत तत्व भएका बीमा उत्पादनको मागले व्यापार बढेको देखिन्छ’, उनले भने।
बढ्दो आम्दानी र मध्यम वर्गको विस्तारले विशेषगरी उदीयमान बजारमा जीवन बीमाको मागलाई पनि बढाइरहेको छ। जब कि रोजगार बजारको अस्थिरता र बढ्दो स्वास्थ्य सेवा लागतले थप लचिलो, अनुकूलन योग्य बीमा विकल्पहरुमा रुचि बढाइरहेको छ।
ग्लोबलडेटाले वर्ष २०२५ मा बीमकहरुले अझ जटिल सञ्चालन वातावरणको सामना गर्ने अपेक्षा गरेको छ। युक्रेनको युद्ध र मध्यपूर्वमा अस्थिरतासहित भूराजनीतिक तनावले विश्वव्यापी पुनर्बीमा बजारलाई बाधा पुर्याउन र राजनीतिक जोखिम बढाउन सक्ने ग्लोबलडाटाको विश्लेषण छ।
यसैगरी निरन्तर व्यापार तनाव र ट्यारिफ वृद्धिले लगानी भावनामा भार पार्न सक्ने र आपूर्ति शृंखला जोखिम जोखिम बढाउन सक्छ। यसले बीमकलाई मूल्य निर्धारण मोडेलहरुको पुनः मूल्यांक गर्न प्रेरित गर्न सक्ने देखिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS