IME Life New

ट्रम्पले थप देशमाथि लगाए ४०% सम्म ट्यारिफ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अगस्ट १ देखि थप ७ देशमा नयाँ ट्यारिफ लगाउने घोषणा गरेका छन्।

यस नयाँ सूचीमा श्रीलंका, अल्जेरिया, इराक, लिबिया, फिलिपिन्स, मोल्डोभा र ब्रुनाई समावेश छन्। अगस्ट १ देखि ती सबैमा ट्यारिफ लगाइनेछ।

Esewa
Crest

ट्रम्पले यी देशका नेतालाई पठाएको पत्र पनि सार्वजनिक गरेका छन्। यसमा अमेरिकामा सामान पठाउँदा यी देशहरुमा लगाइएका तारिफल उल्लेख छन्।

अब अमेरिकाले श्रीलंका, इराक, अल्जेरिया र लिबियाबाट आउने सामानमा ३० प्रतिशत ट्यारिफ लगाउनेछ। मोल्डोभा र ब्रुनाईमा २५ प्रतिशत कर र फिलिपिन्समा २० प्रतिशत ट्यारिफ लगाइनेछ।

ट्रम्पले आफ्नो पत्रमा लेखेका छन् कि यदि कुनै देशले अमेरिकामा ट्यारिफ लगाउँछ भने अमेरिकाले पनि त्यही अनुपातमा ट्यारिफ लगाउनेछ। उनले यो निर्णय दुई देशबीचको सम्बन्धका आधारमा पनि परिवर्तन गर्न सकिने बताए। यसअघि अमेरिकाले १४ देशमा एकैसाथ ट्यारिफ लगाउने घोषणा गरेको थियो। – एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS