IME Life New

घरजग्गा र गाडी कर्जाको माग सुस्तै, ११ महिनामा बैंकहरुबाट कति गयो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मुलुकका आर्थिक सूचकहरु सुधार हुँदै गए पनि निजी क्षेत्रबाट कर्जा माग खासै बढ्न सकेको देखिँदैन। बैंकहरुबाट शेयर धितो कर्जा उल्लेख रुपमा बढे पनि घरजग्गा अनि गाडी कर्जाको माग भने सुस्त नै देखिएको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ११ महिना जेठसम्मको तथ्यांकले यस्तो देखिएको हो। बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएसँगै केन्द्रीय बैंकले लगातार निक्षेप संकलन उपकरण प्रयोग गर्दै बैंकिङ प्रणालीबाट पैसा तानिरहेको छ। बैंकहरु पनि सस्तो ब्याजदरमै राष्ट्र बैंकमा पैसा राख्न बाध्य भइरहेका छन्।

Esewa
Crest

बैंकहरु खराब कर्जा असुलीलाई बढी जोड दिइरहेका छन्। चालु आर्थिक वर्षको वार्षिक वित्तीय विवरण सबल देखाउन पनि उनीहरु नयाँ कर्जा प्रवाहभन्दा पनि खराब कर्जा उठाउने ध्याउन्नमा लागेका छन्। यस कारणले पनि कर्जा प्रवाहले गति लिन नसकेको देखिन्छ।

तथ्यांकअनुसार जेठसम्म घरजग्गामा बैंकहरुबाट २ खर्ब ७७ अर्ब ७१ करोड ६१ लाख रुपैयाँ कर्जा गएको छ। जुन गत असार मसान्तसम्मको तुलनामा ३.६ प्रतिशतले बढी हो। गत असार मसान्तसम्म बैंकहरुले घरजग्गामा २ खर्ब ६८ अर्ब १२ करोड ८९ लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए।

यसैगरी जेठसम्म आवासीय व्यक्तिगत घर कर्जाको माग ६ प्रतिशतले बढेको छ। गत असार मसान्तसम्म यो शीर्षकमा बैंकहरुले ३ खर्ब ८७ अर्ब १ करोड ६१ लाख रुपैयाँ कर्जा प्रवाह गरेकोमा जेठ मसान्तसम्म बढेर ४ खर्ब १० अर्ब ६ करोड ८६ लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन्।
राष्ट्र बैंकको प्रवाधानअनुसार बैंकहरुले आवासीय व्यक्तिगत घर कर्जा अधिकतममा २ करोड रुपैयाँसम्म प्रवाह गर्न पाउँछन्।

तथ्यांकअनुसार चालु आर्थिक वर्षको ११ महिनामा बैंकहरुबाट १ खर्ब ३० अर्ब ९४ करोड ८० लाख रुपैयाँ गाडी कर्जा गएको छ। अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्मको तुलनामा गाडी कर्जा ५.५ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष असार मसान्तसम्म १ खर्ब २४ अर्ब १० करोड २४ लाख रुपैयाँ गाडी कर्जा प्रवाह भएको थियो।

समीक्षा अवधिसम्म बैंकहरुबाट व्यावसायिक प्रयोजनका लागि ८८ अर्ब ७९ करोड ५५ लाख रुपैयाँ गाडी कर्जा गएको छ। गत असारसम्म व्यावसायिक प्रयोजनका लागि बैंकहरुबाट ८७ अर्ब २६ करोड ११ लाख रुपैयाँ गाडी कर्जा गएको थियो। असारको तुलनामा समीक्षा अवधिमा यो शीर्षकमा गएको कर्जा १.८ प्रतिशतले बढेको छ।

चालु आर्थिक वर्षको जेठसम्म बैंकबाट व्यक्तिगत प्रयोजनका लागि ४२ अर्ब १५ करोड २५ लाख रुपैयाँ गाडी कर्जा गएको छ। जुन गत असारसम्मको तुलनामा १४.४ प्रतिशतले बढी हो। गत असारसम्म बैंकबाट ३६ अर्ब ८४ करोड १३ लाख रुपैयाँ गाडी कर्जा गएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS