IME Life New

ट्रम्पसँग टकराव र राजनीतिमा इन्ट्रीले एकैदिन एलन मस्कको १५.३ अर्ब डलर स्वाहा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग जारी विवाद र नयाँ राजनीतिक दल गठनको घोषणापछि विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्क एकपछि अर्को झट्का भोगिरहेका छन्।

पछिल्लो २४ घन्टामा कम्पनी टेस्लाको शेयरभाउमा पहिरो जाँदा मस्कले १५.३ अर्ब डलर गुमाएका छन्। पछिल्ला केही दिनमा मस्कको कुल सम्पत्ति निरन्तर घट्दै गएको छ।

Esewa
Crest

विश्वका सबैभन्दा धनीव्यक्ति तथा टेस्ला र स्पेसएक्सजस्ता कम्पनीका मालिक मस्क र अमेरिकी राष्ट्रपति ट्रम्पबीचको द्वन्द्व चर्किएको छ। हालैको वाकयुद्धका बारेमा कुरा गर्दा जब ट्रम्पले अमेरिकाको २४९ औँ स्वतन्त्रता दिवसमा ‘बिग ब्युटिफुल बिल’ लागू गरे तब उनका पूर्वसहकर्मी एवं डीओजीईबाट बाहिरिएका मस्कले यसको तीव्र आलोचना गर्न थाले। यस सम्बन्धमा ट्रम्पले आफ्नो समस्याको कारण बताए र भने, ‘यो विधेयकमा ईभी खरिदमा कर लाभ समाप्त भइसकेका छन्, त्यसैले मस्क दुखी छन्।’

यसको प्रतिक्रियामा मस्कले अमेरिका पार्टी नामको नयाँ राजनीतिक दल घोषणा गरेर हलचल मच्चाए।

ब्लुमबर्ग बिलियनेर्स इन्डेक्सको अद्यावधिक तथ्यांकलाई हेर्दा २४ घन्टाभित्र मस्कको सम्पत्ति १५.३ अर्ब डलरले घटेको छ। उनको कुल सम्पत्ति अब ३४६ अर्ब डलर यो पछिल्लो गिरावटसँगै सन् २०२५ मा हालसम्म मस्कको सम्पत्ति ८६.७ अर्ब डलरले घटेको छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS