IME Life New

दुई दशकपछि अमेरिकी विमानस्थलहरुमा यात्रु जाँच गर्दा लगाइएको यो नियम हटाइयो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अब अमेरिकी विमानस्थलहरुमा चेकिङ गर्दा यात्रुले जुत्ता हटाउनुपर्ने छैन। अमेरिकाको यातायात सुरक्षा प्रशासन (टीएसए)ले दुई दशकपछि सुरक्षा जाँचका लागि जुत्ता हटाउने नीति समाप्त गरेको छ।

होमल्यान्ड सेक्युरिटी सेक्रेटरी क्रिस्टी नोएमले भनिन्, ‘यो परिवर्तन अमेरिकाका सबै विमानस्थलमा तत्काल लागू गरिएको छ। यद्यपि ‘बहुस्तरीय’ जाँच प्रक्रिया कायम रहनेछ।’

Esewa
Crest

नोएमले भनिन्, ‘हवाई यात्रुहरुले अझै पनि चेकिङका क्रममा बेल्ट र कोट हटाउनुपर्नेछ। यसका साथै ल्यापटप र तरल पदार्थ झोलाबाट निकाल्नुपर्नेछ तर यी नियमहरुको पनि समीक्षा भइरहेको छ।’

डिसेम्बर २००१ मा पेरिसबाट मियामीको उडानमा एक बेलायती नागरिकले आफ्नो जुत्तामा बम लुकाए। ती बेलायती नागरिकले बम विस्फोट गर्न सकेनन् र यात्रुहरुले उनलाई समातेका थिए। त्यसपछि विमान बोस्टनमा सुरक्षित रुपमा अवतरण गरिएको थियो।

त्यसपछि अमेरिकाले २००६ मा हवाई यात्रुहरुको सुरक्षा जाँचका लागि जुत्ता फुकाल्ने नियम लागू गर्यो। ‘हाम्रो सुरक्षा प्रविधि धेरै परिवर्तन भएको छ। यो धेरै विकसित भएको छ। टीएसए पनि त्यस्तै भएको छ’, नोएमले भनिन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS