IME Life New

बाढीमा बेपत्ताको खोजी र उद्धार कार्यलाई तीब्रता दिने विपद व्यवस्थापन परिषदको निर्णय

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं ।  विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्को बैठकले बेपत्ताको खोजी र उद्धार कार्यलाई अझै प्रभावकारी बनाउने निर्णय गरेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मंगलबार साँझ बसेको परिषदको बैठकले मंगलबार बिहान रसुवा नाकामा आएको बाढी पहिरोको स्थलगत अवलोकनपछि बाढी प्रभावित क्षेत्रबाट फर्केपछि राहत र उद्धारको कार्यलाइ तीब्रता दिने निर्णय गरेको हो।

Esewa
Crest

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुक पेजमार्फत बैठकको निर्णय सार्वजनिक गर्दै नेपाल–चीन जोड्ने भोटेकोशी नदीको मितेरी पुल र बाटो पुनः निर्माण गरी केरुङ नाका सुचारु गर्न परराष्ट्र मन्त्रालयमार्फत् मित्रराष्ट्र चीनसँग समन्वय गर्ने निर्णय भएको बताए।

सडक पूर्वाधार सञ्चालनको व्यवस्था मिलाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिँदै चीनसँगका वैकल्पिक नाकाहरुको सुसञ्चालनको तयारी गर्ने निर्णय बैठकले गरेको छ।

क्षतिग्रस्त भन्सार, अध्यागमन, जलविद्युत् आयोजनाका पूर्वाधारको शिघ्र मर्मत गरी सञ्चालनको व्यवस्था मिलाउन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिँदै व्यवसायीका कन्टेनर, सवारी साधन र अन्य सामग्रीहरुको क्षतिको बीमालगायतका अन्य प्रकृयामा सहजीकरणको व्यवस्था मिलाइने प्रधामन्त्रीले जानकारी दिएका छन् ।
बैठकले मृतक र बेपत्ता परिवारलाई प्रचलित कानुन अनुसार तत्काल राहत उपलब्ध गराउने र घाइतेहरुको निःशुल्क उपचारको व्यवस्था मिलाउने निर्णय गरेको छ।

जोखिमपूर्ण स्थितिमा खोज र उद्धारमा सम्लग्न सुरक्षाकर्मी र स्थानीय जनताप्रति बैठकले अाभार व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS