IME Life New

एक वर्षपछि प्राधिकरणले फिर्ता लियो बीमा कारोबार ठप्प पार्न दिएको निर्देशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले प्रत्येक त्रैमासको अन्तिम महिनामा २८ गतेदेखि बाँकी दिन बीमा कारोबार ठप्प पार्ने गरी दिएको निर्देशन एक वर्षपछि फिर्ता लिएको छ।

प्राधिकरणले २०८१ साउन ३१ गते ६५१ चलानी नम्बरको परिपत्रमार्फत जारी गरेको निर्देशनमा बीमकलाई कुनै पनि त्रैमासको अन्तिम महिनाको २८ गतेपछिको मितिमा बीमालेख जारी गर्न रोक लगाएको थियो।

Esewa
Crest
नेपाल बीमा प्राधिकरणले २०८१ साउन ३१ गते जारी गरेको परिपत्र

प्राधिकरणले मंगलबार (असार २४ गते) बीमा कम्पनीहरुलाई परिपत्र पठाउँदै उक्त निर्देशनको बुँदा नं. २ र ३ हटाइएको जानकारी गराएको हो। परिपत्रको बुँदा नम्बर १ मा प्रत्येक त्रैमासिक अवधिको अन्तिम दिन कुनै पनि बीमा प्रस्ताव स्वीकृत नगर्ने र अघिल्लो दिनसम्म स्वीकृत भएका प्रस्तावहरूको लागि बीमालेख जारी गर्न सकिने प्रावधान छ।

प्राधिकरणले मंगलबार जारी गरेको परिपत्रसँगै अब प्रत्येक त्रैमासको अन्तिम महिनाको अन्तिम १ दिन बाहेकका दिनहरूमा बीमकले बीमालेख जारी गर्न पाउने भएका छन्।

यसअघि त्रैमासको अन्त्यमा २८ गतेदेखि नै बीमालेख बिक्री ठप्प पार्नुपर्ने बाध्य रहेका बीमकले त्रैमासको अन्तिम महिनामा अब २८ गतेपछि सो महिनाको अन्तिम १ दिन मात्र बीमालेख जारी गर्न पाउनेछैनन् ।

प्राधिकरणले २०८१ साउन ३१ गते जारी गरेको निर्देशनको बुँदा नम्बर २ र ३ को व्यवस्था रद्द गरेको सम्बन्धमा जारी परिपत्र

यसअघि प्राधिकरणको निर्देशनले चालु आर्थिक वर्षको असोज, पुस र चैतको २८ गतेपछि बीमकले बीमालेख जारी गर्न पाएनन्। उक्त निर्देशनमा त्रैमासको २८ गतेपछि प्राप्त हुने बीमालेख प्रस्तावका आधारमा अर्को महिनामा मात्र बीमालेख जारी गर्न बाध्य बनाइएको थियो।

प्राधिकरणको अघिल्लो परिपत्रका कारण बीमकले कार्यालय खोलेर पनि त्रैमासको अन्तिम महिनाको २८ गतेपछि बीमालेख बिक्री गर्न पाएका थिएनन्।

प्राधिकरणको यो अव्यवहारिक निर्देशनबारे इन्स्योरेन्स खबरले पटक–पटक समाचार प्रकाशित गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

76%
happy

खुसी

0%
sad

दु :खी

5%
amazed

अचम्मित

10%
excited

उत्साहित

10%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS