काठमाडौं । जोखिममा आधारित निरीक्षण प्रणालीको अनुशरण गर्दै, बीमकको निरीक्षण, सुपरिवेक्षण तथा अनुगमनलाई प्रभावकारी बनाउने बीमा प्राधिकरणले जनाएको छ । आज आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्राधिकरणका अध्यक्ष शरद ओझाले यस्तो बताएका हुन् ।
जोखिममा आधारित प्रणाली RBC, RBS, ORSA) र NFRS को प्रभावकारी कार्यान्वयन गर्ने, जोखिममा आधारित पूँजी सम्बन्धी कानूनी व्यवस्थालाई समयानुकुल पूनरावलोकन गर्दै अन्तर्राष्ट्रिय मापदण्ड अनुसार परिष्कृत गर्दै लैजाने, प्राधिकरणको समग्र जोखिम सम्बन्धी अध्ययन तथा विश्लेषण गर्ने जनाएको छ ।
जोखिममा आधारित बीमाशुल्क गणना गर्ने प्रणालीको सम्भाव्यता अध्ययन गर्ने, बीमकको विस्तृत तथा विषयगत सुपरिवेक्षणलाई सशक्त र प्रभावकारी बनाउने,Key Performance Indicators लागू गरी बीमकको कार्य सम्पादनको त्रैमासिक समिक्षा गर्ने र बीमा क्षेत्रमा महाविपत्तिबाट उत्पन्न हुने जोखिम न्यूनीकरण गर्ने सम्बन्धमा आवश्यक अध्ययन गर्ने जनाइएको छ ।

















