IME Life New

सम्पूर्ण बीमकले कम्तीमा एउटा नवीनतम बीमालेख निर्माण गर्ने व्यवस्था मिलाउने प्राधिकरणको घोषणा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सम्पूर्ण बीमकले कम्तीमा एउटा नवीनतम बीमालेख निर्माण गर्ने व्यवस्था मिलाउने घोषणा गरेको छ।

प्राधिकरणले आज सार्वजनिक गरेको वार्षिक बीमा नीति तथा कार्यक्रममा यस्तो घोषणा गरिएको हो। यसका लागि प्राधिकरणले सहजीकरण गर्ने बताइएको छ।

Esewa
Crest

यसैगरी बीमाको विद्यमान अवस्थाका सम्बन्धमा अध्ययन तथा अनुसन्धान गरी बीमितको आवश्यकताअनुसार बीमालेख निर्माण गर्ने र गराउने नीति पनि प्राधिकरणले लिएको छ। बीमकको लगानीसम्बन्धी विद्यमान कानुनी व्यवस्था समयानुकूल परिमार्जन गर्ने प्राधिकरणको नीति रहेको छ।

नीति तथा कार्यक्रममा पुनर्बीमासम्बन्ध विद्यमान कानुनी व्यवस्था समयानुकूल परिमार्ज गर्ने, बीमा क्षेत्रमा लैंगिक समावेशिता प्रवर्द्धन गर्ने संयन्त्रको विकास गर्ने र नयाँ मृत्युदर तालिका निर्माण गर्ने कार्यनीति प्राधिकरणले तय गरेको छ।

त्यस्तै जलवायु परिवर्तन तथा विपद जोखिम व्यवस्थापनलाई प्राथमिकतामा राखी कानुनी संरचना निर्माणलगायत अन्य आवश्यक कार्य गर्ने, बीमा सूचना केन्द्र स्थापनासम्बन्धी कार्य गर्ने, बीमा सूचना केन्द्र स्थापनासम्बन्धी कार्य गर्ने, बीमा विकास कोष कार्यान्वयनसम्बन्धी कार्य गर्ने, बीमा क्षेत्रमा विद्यमान बीमार (ट्यारिफ)को अध्ययन गरी समयानुकूल परिमार्जन गर्ने र बीमासम्बन्धीमा अध्ययन तथा अनुसन्धानलाई प्रोत्साहन गर्ने कार्यनीति नीति तथा कार्यक्रममा लिइएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS