IME Life New

बीमा सेवालाई विश्वसनीय र पारदर्शी बनाउन प्राधिकरणको आगामी आर्थिक वर्षको कार्यनीति कस्ता ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले आगामी आर्थिक वर्ष २०८२।८३ को वार्षिक बीमा नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।

काठमाडौंमा आज आयोजित पत्रकार सम्मेलनमार्फत प्राधिकरणका अध्यक्ष शरद ओझाले बीमा नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन्। प्राधिकरणको नीति तथा कार्यक्रममा बीमा सेवालाई विश्वसनीय, पारदर्शी, सर्वसुलभ र गुणस्तरीय बनाउँदै बीमितको हकहित संरक्षण गरिने उल्लेख छ।

Esewa
Crest

यसका लागि मुख्यगरी ४ वटा कार्यनीति प्राधिकरणले अगाडि सारेको छ।

यस्ता छन् कार्यनीति

  • प्रचलनमा रहेका बीमालेखका सर्त र सुविधा तथा अपवादको सहज जानकारी दिने प्रणालीको विकास गर्ने,
  • डिजिटल भुक्तानी तथा वैकल्पिक वितरण प्रणालीमार्फत बीमा सेवालाई सर्वसुलभ बनाउने,
  • बीमा क्षेत्रलाई पारदर्शीता अभिवृद्धिका लागि बीमकहरुमा पारदर्शीता ड्यासबोर्ड प्रणाली लागू गर्ने,
  • बीमित हित संरक्षणका लागि कानुनी व्यवस्था गर्ने ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS