काठमाडौं । गुनासो तथा उजुरी प्रक्रियालाई डिजिटल प्रणालीमा आबद्ध गरिने प्राधिकरणले जनाएको छ । आज आर्थिक वर्ष २०८२ /८३ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्राधिकरणका अध्यक्ष शरद ओझाले यस्तो बताएका हुन् ।
साथै, बीमा सम्बन्धी उजुरी तथा फैसलाहरु अध्ययन गरी आवश्यकता अनुसार बीमालेख तथा प्राधिकरणका नीति निर्देशन परिष्कृत गर्ने पनि सो नीति तथा कार्यक्रम मार्फत प्राधिकरणले जनाएको छ ।

















