IME Life New

यस्ता छन् वार्षिक बीमा नीति तथा कार्यक्रमको प्राथमिकताका क्षेत्र

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले आगामी आर्थिक वर्ष २०८२।८३ को वार्षिक बीमा नीति तथा कार्यक्रम आज सार्वजनिक गरेको छ।

प्राधिकरणले काठमाडौंमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष शरद ओझाले वार्षिक बीमा नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन्। नीति तथा कार्यक्रममा प्राधिकरणका केही प्राथमिकता क्षेत्र निर्धारण गरेको छ।

Esewa
Crest

अध्यक्ष ओझाका अनुसार बीमित हित संरक्षण गर्ने प्राधिकरणको प्राथमिकता रहेको छ। ‘वित्तीय साक्षरता तथा बीमा प्रवर्द्धनका माध्यमबाट बीमाको पहुँच वृद्धि गर्ने प्राधिकरणले प्राथमिकतामा राखेको छ’, उनले भने।

यसैगरी बीमाका माध्यमबाट जोखिमको रक्षावरण गरी वित्तीय स्थायित्व कायम गर्ने, जलवायु परिवर्तन तथा विपदबाट सिर्जना हुने जोखिमको रक्षावरण र अन्तर्राष्ट्रिय असल अभ्यास तथा अनुसन्धानमा आधारित नीति निर्माण तथा कार्य सञ्चालन गरिने अध्यक्ष ओझाले जानकारी दिए।

अध्यक्ष ओझाले प्राधिकरणको अन्तरिक संरचना र नियामकीय क्षमता सुदृढीकरण र सूचना प्रविधिको अधिकतम प्रयोगलाई प्राथमिकतामा राखिएको बताए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS