काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ० दशलमव १४ अंकले घटेर २,६८३ को विन्दुमा कायम भएको छ । आज १३३ कम्पनीको शेयर मूल्य बढेको छ भने ११५ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै बुटवल पावर कम्पनीका लगानीकर्ताले ८ दशलमव २१ प्रतिशतका दरले कमाएका छन् । पिपुल्स हाइड्रोपावरका लगानीकर्ताले ५ दशमलव ९६ प्रतिशतका दरले कमाएका छन् । रिभर फल्स पावरका लगानीकर्ताले ४ दशमलव ६९ प्रतिशतका दरले कमाएका छन् । ग्रिन डेभलपमेन्ट बैंकका लगानीकर्ताले ४ प्रतिशतका दरले कमाएका छन् ।


















