काठमाडौं । आज शेयर बजार सामान्य घटेको छ । आज शेयर बजार नेप्से परिसूचक ० दशलमव १४ अंकले घटेर २,६८३ को विन्दुमा कायम भएको छ । आज १३३ कम्पनीको शेयर मूल्य बढेको छ भने ११५ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज दिनभरिमा ३०४ कम्पनीको १ करोड ५० लाख २७ हजार ३७२ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ५७ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनकिो ५१ करोड ६७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । बुटवल पावरको ४१ करोड ६९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । गार्डियन माइक्रो लाइफको ४१ करोड ३९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै बुटवल पावर कम्पनीका लगानीकर्ताले ८ दशलमव २१ प्रतिशतका दरले कमाएका छन् । पिपुल्स हाइड्रोपावरका लगानीकर्ताले ५ दशमलव ९६ प्रतिशतका दरले कमाएका छन् । रिभर फल्स पावरका लगानीकर्ताले ४ दशमलव ६९ प्रतिशतका दरले कमाएका छन् । ग्रिन डेभलपमेन्ट बैंकका लगानीकर्ताले ४ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै रसुवागढी हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ५ प्रतिशतका दरले गुमाएका हुन् ।

















