काठमाडौं । चालु आर्थिक वर्षको ११ महिना जेठसम्म बैंकहरुबाट थप साढे ३८ अर्ब रुपैयाँ शेयर धितो कर्जा प्रवाह भएको छ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको जेठसम्मको तथ्यांकअनुसार बैंकहरुबाट १ खर्ब २८ अर्ब ६७ करोड १० लाख रुपैयाँ शेयर धितो कर्जा गएको छ। गत असारसम्म ९० अर्ब ९ करोड ३२ लाख रुपैयाँ कर्जा गएको थियो। यो हिसाबले चालु आर्थिक वर्षको ११ महिनामा बैंकहरुबाट थप ३८ अर्ब ५७ करोड ७८ लाख रुपैयाँ शेयर धितो कर्जा गएको हो। असारको तुलनामा जेठसम्म ४२.८ प्रतिशतले शेयर धितो कर्जा बढेको छ।
जेठसम्म बैंकहरुबाट १ करोड रुपैयाँ माथिको रेन्जको कर्जा ८८ अर्ब ४२ करोड ७ लाख रुपैयाँ शेयर धितो कर्जा गएको छ। गत असारसम्म यो रेन्जको कर्जा ५५ अर्ब ९३ करोड २ लाख रुपैयाँ गएको थियो। यो रेन्जको कर्जाको माग ५८.१ प्रतिशतले बढेको छ।
यसैगरी जेठसम्म बैंकहरुबाट ५० लाख रुपैयाँ माथि १ करोड रुपैयाँसम्मको रेन्जको कर्जा १५ अर्ब ३० करोड २ लाख रुपैयाँ, २५ लाख रुपैयाँदेखि ५० लाख रुपैयाँसम्मको रेन्जको कर्जा १६ अर्ब ८७ करोड ५० लाख रुपैयाँ र २५ लाख रुपैयाँसम्मको रेन्जको कर्जा ८ अर्ब ७ करोड ५१ लाख रुपैयाँ गएको छ। असारसम्म बैंकहरुबाट ५० लाख रुपैयाँ माथि १ करोड रुपैयाँसम्मको रेन्जको कर्जा १२ अर्ब ४२ करोड ७७ लाख रुपैयाँ, २५ लाख रुपैयाँदेखि ५० लाख रुपैयाँसम्मको रेन्जको कर्जा १४ अर्ब ४२ करोड ३१ लाख रुपैयाँ र २५ लाख रुपैयाँसम्को रेन्जको कर्जा ७ अर्ब ३१ करोड २३ लाख रुपैयाँ गएको थियो।
गत असारको तुलनामा जेठसम्म ५० लाख रुपैयाँ माथि १ करोड रुपैयाँसम्मको रेन्जको कर्जा २३.१ प्रतिशत, २५ लाख रुपैयाँदेखि ५० लाख रुपैयाँसम्मको रेन्जको कर्जा १७ प्रतिशत र २५ लाख रुपैयाँसम्मको रेन्जको कर्जा १०.४ प्रतिशतले बढेको छ।

















