IME Life New

अबको १० वर्षमा वैश्विक पशुपन्छी बीमा बजारको आकार झन्डै दोब्बर हुने, नेतृत्व गर्दै एसिया प्रशान्त क्षेत्र

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अबको १० वर्षमा वैश्विक पशुपन्छी बीमा बजारको आकार झन्डै दोब्बर हुने आँकलन गरिएको छ।

ग्लोबल मार्केट इन्साइट्सले सन् २०३४ वैश्विक पशुपन्छी बीमा बजार ८ अर्ब ५० करोड अमेरिकी डलरको हुने प्रक्षेपण गरेको हो। यो वृद्धि वार्षिक औसत ८.५ प्रतिशतको बढोत्तरीका साथ देख्न सकिने बताइएको छ। सन् २०२४ मा वैश्विक पशुपन्छी बीमा बजार ४ अर्ब ५० करोड डलरको थियो।

Esewa
Crest

वैश्विक पशुपन्छी बीमामा एसिया प्रशान्त क्षेत्रले नेतृत्व गरिरहेको छ। सन् २०२४ को वैश्विक पशुपन्छी बीमा व्यापारमा यो क्षेत्रको हिस्सा ३९.७ प्रतिशत रहेको छ।

यो बीमाले दुर्घटना परेका तथा रोगव्याधीको सिकार भएका पशुपन्छीको हुने आर्थिक हानीको क्षतिपूर्ति उपलब्ध गराउँछ। एसिया प्रशान्त क्षेत्रका चीन, भारत र अस्ट्रेलियामा पशुपन्छी बीमाको माग बढ्दो क्रममा रहेको छ।

चीनमा पशुपन्छी बीमाको माग सर्वाधिक रहेको छ। त्यहाँ सरकारले यो बीमा सहुलियत पनि प्रदान गेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS