IME Life New

आम्दानी र खर्चको सूची बनाऔँ, बचतको बानी बसालौँः राष्ट्र बैंक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले अनिवार्य रुपमा बचतको बानी बसाल्न सुझाव दिएको छ।

केन्द्रीय बैंकले आज वित्तीय सचेतनाका लागि सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो। आफूले कमाएको रकमको केही हिस्सा आपतकालीन समयमा वा आकस्मिक अन्य कुनै कार्यमा खर्च गर्न तथा भविष्यका लागि लगानी गर्न अनिवार्य बचत गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ।

Esewa
Crest

बचत गर्ने बानीले अनावश्यक खर्च गर्नबाट जोगाउनुका साथै भविष्यको लक्ष्य पूरा गर्न सहयोग गरी तनावसमेत कम गर्ने राष्ट्र बैंकको भनाइ छ। ‘त्यसैले आफ्नो आम्दानी र खर्चको सूची बनाउने बानी बसालौँ’, राष्ट्र बैंकले भनेको छ, ‘मासिक बजेट बनाऔँ, अनावश्यक कुरामा खर्च नगरौँ र अनिवार्य रुपमा निरन्तर बचत गरौँ।’

आवश्यक भएमा मात्र ऋण लिनुपर्ने र ऋणको सदुपयोग गरी समयमै तिर्ने बानीको विकास गर्न पनि राष्ट्र बैंकले आग्रह गरेको छ। ‘वित्तीय अनुशासनको पालना गरी सुरक्षित आर्थिक भविष्य निर्माण गरौँ’, राष्ट्र बैंकले भनेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS