IME Life New

भोटेकोशीमा बाढीसँगै मितेरी पुलमा क्षति, रसुवागढी भन्सारबाट कन्टेनर बगायो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । उत्तरी छिमेकी चीनतर्फ अबिरल वर्षाको कारण भोटेकोशी नदीमा बाढी आउँदा मंगलबार बिहान नेपाल चीन जोड्ने उत्तरी नाकाको मितेरी पुलमा क्षति पुगेको छ।

राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जारी गरेको सूचना अनुसार, बिहान अन्दाजी ३:१५ बजे रसुवा जिल्ला, गोसाईकुण्ड गा.पा. रसुवागढीस्थित नेपाल-चीन जोड्ने मितेरीपुलमा क्षति पुगेको हो।

Esewa
Crest

यसैगरी मंगलबार बिहान ४ बजेको समयमा सोही वडाको टिमुरेस्थित भन्सार यार्डमा बाढी पसी केही मालबाहक कन्टेनर बगाएको छ।

बाढीका कारण कुनै मानवीय क्षति नभएको प्राधिकरणले जनाएको छ।

नदीमा पानीको बहाब अझै उच्च गएकोले तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण नागरिकलाई सुरक्षित रहन प्राधिकरणले आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS