IME Life New

सीडी रेसियो ७७% भन्दा कम, बैंकमा किन थुप्रियो पैसा ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बैंकमा तरलता दिन प्रतिदिन थुप्रिँदै गएको छ। निक्षेप संकलनको तुलनामा कर्जा प्रवाह सुस्त हुँदा सीडी रेसियो ७७ प्रतिशतभन्दा तल आएको छ। राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार सीडी रेसियो ७६.९९ प्रतिशतमा झरेको छ।

असार महिना लागेपछि बैंकहरु कर्जा प्रवाहभन्दा असुलीमा धेरै केन्द्रित भएको अनुमान सजिलै लगाउन सकिछ। चौथो त्रैमासको प्रतिवेदन आउनुअघि नै असुली प्रक्रिया केही सकारात्मक भएमा प्रोभिजन कम गर्नुपर्ने र नाफामा सुधार हुने देखिएपछि बैंकहरु त्यता केन्द्रित भएको बुझ्न सकिन्छ।

Esewa
Crest

देशमा कर्जाको माग नै कम हुनु पनि बैंकमा पैसा थुप्रिनु अर्को कारण रहेको छ। युवा विदेश केन्द्रित हुँदा अर्थतन्त्र चलायमान नहुनुले फलस्वरुप बैंकमा कर्जाको माग कम भएको देखिन्छ।

राष्ट्र बैंकको तथ्यांकअनुसार शनिबारसम्म बैंकहरुको कुल निक्षेप ७१ खर्ब ५२ अर्ब रुपैयाँ पुगेको छ भने कुल कर्जा लगानी ५५ खर्ब ८२ अर्ब रुपैयाँ पुगेको हो। शनिबारसम्म वाणिज्य बैंकमा कुल निक्षेप ६४ खर्ब ४ अर्ब रुपैयाँ पुगेको छ भने वाणिज्य बैंकबाट ४९ खर्ब ६१ अर्ब कर्जा प्रवाह भएको छ।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS