IME Life New

प्रभु बैंकका अध्यक्ष कार्कीले लिए गोपनीयताको शपथ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडों । प्रभु बैंकका सञ्चालक समितिका नवनियुक्त अध्यक्ष किशोर जङ्ग कार्कीले नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेल समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । आजै बसको बैंकको सञ्चालक समितिको ३८१औं बैठकको अध्यक्षता गरी सञ्चालक समितिको अध्यक्षको पदभार ग्रहण गरेका हुन् ।

नेपाल राष्ट्र बैंक बालुवाटारमा सम्पन्न शपथ ग्रहण कार्यक्रममा डेपुटी गभर्नर निलम ढुङ्गाना र डेपुटी गभर्नर बम बहादुर मिश्र तथा बैंक सुपरीवेक्षण विभागका प्रमुख दिर्घ रावलको उपस्थिति रहेको थियो ।

Esewa
Crest

यस अवसरमा प्रभु बैंकका सञ्चालकहरु र प्रमुख कार्यकारी अधिकृतको पनि उपस्थिति रहेको थियो । मिति २०८१ /९ /२९ मा सम्पन्न बैंकको तेईसौं वार्षिक साधारण सभामा सर्वसाधारण समूहका शेयरधनीहरुको प्रतिनिधित्व गर्दै बैंकको सञ्चालकमा निर्वाचित भएका किशोरजङ्ग कार्की मिति २०८२/०३/१९ गते सम्पन्न बैंकको सञ्चालक समितिको ३८०औं बैठकबाट सञ्चालक समितिको अध्यक्ष पदमा चयन भउका हुन् ।

त्रिभुवन विश्वविद्यालयबाट जनप्रशासन विषयमा स्नातकोत्तर उपाधी हासिल गरेका अध्यक्ष यसअघि लोकसेवा आयोग, राष्ट्रिय प्राकृक्तिक श्रोत तथा वित्त आयोग, अर्थ मन्त्रलाय, सञ्चार मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सामान्य प्रशासन मन्त्रलायको सहसचिवको रुपमा सेवा गरिसकेका छन् ।

त्यसैगरी निजामति किताबखाना, आन्तरिक रजश्व विभाग, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा महानिर्देशकको जिम्मेवारी सम्हाली सक्नुभएका अध्यक्ष किशोर जङ्ग कार्कीले नेपाल टेलिकम, मेलम्ची खानेपानी विकास समिति, कृषि अनुसन्धान परिषद र कृषि अनुसन्धान कोषमा सञ्चालक समिति सदस्यमा रहेर समेत विविध कार्यानुभव हासिल गरेका छन् ।

३८ वर्षभन्दा बढी अवधि नेपालको सरकारी सेवामा सेवारत रही विभिन्न आयोग, विभाग एवं निकायको सफलतापूर्वक जिम्मेवारी सम्हाल्दै लामो अनुभव हासिल गरेका अध्यक्षको नेतृत्व प्राप्त गर्नु प्रभु बैंक लिमिटेड, शेयरधनी, ग्राहक तथा सरोकार राख्ने सबैको लागि गौरवको विषय हो।

अध्यक्षको सबल नेतृत्वबाट प्रभु बैंकको ब्यापार व्यवासाय अभिवृद्धि हुनुका साथै अत्याधुनिक प्रविधिसहितको गुणस्तरीय सेवा विस्तारमा थप हौसला मिल्ने बैंकले विश्वास लिएको छ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS